टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा
गछिया (मोरङ)। प्रथम गछिया गोल्डकप–२०८२ को बुधबार भएको खेलमा गाईघाट युनाइटेड फुटबल क्लबले जीत हासिल गर्यो । झापाको जलथल फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै गाईघाट युनाइटेडले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।
सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुरप्रसाद ढुंगाना प्रमुख अतिथिको रूपमा उपस्थित रहेको खेलमा २८औँ मिनेटमा जलथलका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर त्यो खुशी एक मिनेटभन्दा लामो टिकेन। गाईघाटका जर्सी नम्बर १३ विनोद राईले तुरुन्तै बराबरी गोल फर्काउँदै खेललाई पुनः तनाव–उत्साहले भरिदिए।
निर्धारित ९० मिनेटभर दुवै टोलीले थप गोल निकाल्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गर्नुपर्यो। त्यही निर्णायक चरणमा गाईघाट युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै जलथल विरुद्ध ४–१ को जित दर्ता गर्यो।
आजको ‘म्यान अफ द म्याच’ गाईघाटका गोलकिपर रेम्बो चौधरी घोषित भए। निर्णायक सेभ र स्थिर प्रदर्शनका आधारमा उनले ५,१०० रुपैयाँ पुरस्कार पाए। यसअघि पहिलो खेलमा सहलेश युवा क्लब सिराहा, दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
प्रतियोगिताको चौथो खेल भोलि दिउँसो ३ बजे हुने छ, जसमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब आमनेसामने हुनेछन्। खेल संयोजक प्रलाद थोप्रा लिम्बूका अनुसार मैदानमा भोलिको भिडन्त पनि निकै प्रतिस्पर्धी हुने अपेक्षा छ।
। विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ११–११ हजार रुपैयाँ दिइनेछ।
त्यसैगरी सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा २ जना शारीरिक अपाङ्गता भएका नागरिकलाई व्हीलचेयर वितरण गरिने योजना छ। खेल क्षेत्रमा योगदान पुर्याएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने आयोजक अध्यक्ष सरोज दाहालले बताए।
Comments
अरु समाचार
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...











