अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार क्लिन्टन नयाँ इतिहास बनाउँदै
संयुक्त राज्य अमेरिका, १३ साउन । अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका लागि बहुमत प्राप्त गरेपछि हिलारी क्लिन्टनले नयाँ इतिहास बनाउँदै आफूलाई सशक्त राष्ट्रपतिको उम्मेदवारका रुपमा उभ्याउन सफल हुनुभएको छ ।
बुधबार डेमोक्रेटिक पार्टीका तर्फबाट क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सर्ले पार्टीको तर्फबाट प्रतिस्पर्धाका लागि सारिनुपर्ने प्रक्रियालाई नै रद्द गरी पार्टी एकताको सङ्केत स्वरुप महिला नेत्री क्लिन्टनलाई राष्ट्रपतिको घोषणा गर्न प्रस्ताव गरेपछि क्लिन्टनको उम्मेदवारी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रुपमा तय भएको हो ।
डेमोक्रेटिक पार्टीको यो निर्णयसँगै क्लिन्टनले अब रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्नु हुनेछ ।
अमेरिकी निम्न वर्गीय मतदाताहरुमा महत्वपूर्ण छाप राख्ने बर्नी स्यान्डर्सले क्लिन्टनको उम्मेदवारीका लागि गरेको निर्णयपछि उक्त पार्टीको राष्ट्रिय समितिकी अध्यक्ष मर्सिया फजले पार्टीभित्र एकमत देखिएको भन्दै उक्त प्रस्तावलाई अनुमोदन गर्नुभएको थियो ।
बर्नी स्यान्डर्सले क्लिन्टनलाई समर्थन दिनुपूर्व भने स्यान्डर्सका समर्थकले क्लिन्टनलाई मतदान गर्न नसक्ने कडा प्रतिक्रिया दिएका थिए ।
यद्यपि डेमोक्रेटिक पार्टीको अधिवेशनमा सहभागी पार्टी नेता तथा कार्यकर्ताको पहलमा असन्तुष्ट कार्यकर्तालाई शान्त पार्दै स्यान्डर्सद्वारा नै क्लिन्टनको उम्मेदवारीको प्रस्ताव गराइएको थियो । यसपछि स्यान्डर्सका समर्थक पनि चित्त बुझाउन बाध्य बनेका छन् ।
उम्मेदवारीको घोषणासँगै मुख्य वक्ता अमेरिकी राष्ट्रपतिले आफ्ना पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई सम्बोधन गर्दै अमेरिकी चुनावमा सम्पूर्ण मत गणना सकिनुपूर्व परिणामले जस्तो मोड लिन पनि सक्ने बताउँदै सबै यस विषयमा चिन्तित रहिरहन आग्रह गर्नुभयो ।
अधिवेशनको अन्त्यसँगै अमेरिकी टेलिभिजन च्यानल एनबीसीले लिएको अन्तवार्तामा के अब क्लिन्टनको ट्रम्पमाथिको विजय सुनिश्चित छ भन्ने प्रश्नमा राष्ट्रपति ओबामाले अमेरिकी निर्वाचनमा पनि हुनसक्छ त्यसैले मैले सबै डेमोक्रेट्सहरुलाई चिन्तित भएर अभियानमा लाग्न अनुरोध गर्छु भन्नुभयो ।
उहाँले यस विषयमा हिलारी क्लिन्टनलाई राम्रो ज्ञान भए पनि डेमोक्रेट्सका शुभेच्छुक, मतदाताहरु सचेत रहनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा ओबामाले क्लिन्टनले विदेशमन्त्रीको कार्यभार कुशल रुपमा सम्हालेको प्रसङ्ग कोट्याउँदै अमेरिकी जनताले उहाँलाई अब एक योग्य राष्ट्रपतिका रुपमा निर्वाचित गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति ओबामाले अमेरिकाको राष्ट्रपति नितान्त आशावादी रहनुपर्ने भन्दै रिपब्लिकन उम्मेदवारका गतिविधिको आलोचना समेत गर्नुभयो । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग ‘विश्व हेर्ने आधारभूत ज्ञान’ समेत नरहेको बताउदै उहाँले विश्वलाई बुझ्ने चेष्ठासमेत नगरेको बताउनुभयो ।
क्लिन्टनसँग विश्वलाई अमेरिकाको बिदेशमन्त्रीका रुपमा हेरेको अनुभव भएको र उहाँ अमेरिकाको भविष्यप्रति सचेत रहेकामा आफू शतप्रतिशत विश्वस्त रहेको ओबामाले बताउनुभयो । रासस/एपी/एएफपी
Comments
अरु समाचार
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...