गालाप्यागोस कछुवाको ५० औँं जन्मदिवस मनाइयो
अस्ट्रेलिया, ३ असोज । अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइयो ।
उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी आजका दिन ५० औंँ वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि, भूइँऐँसेलु -स्ट्रबेर्री_, तरबुजा जस्ता फलफूलबाट बर्थडे केक तयार पारिएको थियो ।
गालाप्यागोस जातको एउटा हुर्किसकेको कछुवा आफूलाई मनपर्ने फलफूलको खोजीमा दुईसय किलोमिटर टाढासम्म पनि यात्रा गर्ने गर्छ ।कछुवा स्तनधारी प्राणी नभइ फुल पार्ने जीवको श्रेणीमा पर्छ, जङ्गली होस् या घरपालुवा, कछुवा सदैव साहाकारी प्राणी हो ।
‘सेर्रो रातो रङगका चिजबिजसँग असाध्यै झ्याम्मिन्छ, गाढा रङगका जुनसुकै खाद्यवस्तु उसको अत्यन्तै प्रिय हुन् । त्यसैले हामीले पनि उसलाई मनपर्ने फलफूलहरुबाट गाढा रातो रङगकै केक तयार पा¥यौं । सानो घेराभित्र थुनिएको बिचरा सेर्रोलाई आफ्नो जन्मदिनमा यो भन्दा मनपर्ने खानेकुरो अर्को के हुन सक्ला र ?’ चिडियाखाना प्रमुख ट्रेनरले खुसी व्यक्त गरिन् ।
गालाप्यागोस जातका जङ्गली कछुवाहरुको औसत आयु साधारणतया एकसयदेखि एकसय पच्चीस वर्ष हुन्छ । त्यसो त पर्थ चिडियाखानामा ग्यालाप्यागोस जातको कुनै कुनै कछुवा अनुमानित एकसय पचहत्तर वर्षसम्म बाँचेको रेकर्ड पनि छ । यो हिसाबले सेर्रो त भरखर आफ्नो जवानीमा प्रवेश गर्दैछ ।
प्रारम्भमा यस कछुवा अमेरिकाको सान् डियागो चिडियाखानामा जन्मेको र यसको भाइ ‘सिएरा’ सँगसँगै सन् २००५ मा अस्ट्रेलिया ल्याइएको थियो ।
गालाप्यागोस जातका जङ्गली कछुवाहरु विश्वका सबैभन्दा ठूला आकारका कछुवा मानिन्छन् । राम्ररी हुर्किसकेको गालाप्यागोस कछुवा एकजना साधारण मानिस सरह ४ देखि ६ फिटसम्म लम्बाइको र दुईसय पन्ध्र किलोग्रामदेखि चारसय १७ किलोग्रामसम्म तौलका हुने भएकाले यि भीमकाय कछुवा मानिन्छन् ।
अफ्रिकाको तान्जानियाबाट सातसय किलोमिटर पूर्व, भारतीय महासागरमा रहेको अल्डाब्रा द्वीपक्षेत्र तथा इक्वेडरबाट एक हजार किलोमिटर पश्चिममा रहेको गालाप्यागोस द्वीपक्षेत्र नै यिनहरुका मूल जन्मस्थल हुन् । यी दुबै द्वीपक्षेत्र अति कठिन यात्राबाट पुगिने समुद्रिक दुर्गमस्थल मानिन्छन् ।
हाल विश्वभर यस्ता कछुवाको संख्या बीस हजार भन्दा कमै रहेको अनुमान गरिएको छ । ठूला खाले मुसा (फिल्ड याट), कुकुर, बिराला जस्ता मांसाहारी प्राणी यी कछुवाका मुख्य दुुश्मन हुन् ।
यी मुख्य दुश्मनले कछुवाको अण्डा वा साना साना बच्चालाई खाइदिन्छन् । तसर्थ यी कछुवाहरु हाल लोपोन्मुख प्रजातिका प्राणीमा पर्दछन् । रासस / सिन्ह्वा
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...













