रोट बिक्रीबाट मासिक साठी हजार आम्दानी
पाल्पा, १३ असोज । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् ।
सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफूले गरेको भाकल पूरा भएपछि रोट चढाउने परम्परा छ ।
दिनहुँ भैरव मन्दिरमा दर्शनार्थी बढ्दै गएपछि आसपासका क्षेत्रमा रोट पकाउने व्यवसाय बढ्दै गएको छ । खर्च कटाएर मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको स्थानीय व्यापारी रमेश पोखरेलले बताउनुभयो । “पूजाबाहेक अन्य समयमा मासिक रु ३० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो ।
पछिल्लो समय भैरव मन्दिरको प्रचारप्रसार बढेपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्ने, रोट चढाउने क्रममा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद नेपाली बताउनुहुन्छ । चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । रोटको एक मानाको जोडीलाई रु १५० र पाथीकोलाई रु दुई हजार लिने गरिएको छ ।
स्थानीय व्यापारी तेजबहादुर पोखरेल जतिबेला पनि व्यापार हुने हुँदा परिवारको गुजारा चलाउन सजिलो भएको बताउनुहुन्छ । भैरव मन्दिरमा एसियाकै ठूलो त्रिशूल रहेका कारण पनि यसको गरिमा र महत्व बढ्दै गएको पोखरेलको भनाइ छ ।
पाल्पाका तात्कालीन सेन वंशी राजा मणिमुकुन्द सेनले १६औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा सो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । मन्दिर दुई तलामा रहेको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा भयङ्कर कालभैरवको मूर्ति रहेको छ ।
माहाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी गीतानाथ योगी बताउनुहुन्छ । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ । भैरवबाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले देशभरबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा सो मन्दिरमा बढी भिड लाग्ने गर्छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











