राष्ट्रपति ट्रम्पलाई अदालतको झड्का, मुस्लिम शरणार्थी अमेरिकामै रहने
न्युयोर्क, १७ माघ । मुस्लिम शरणार्थीलाई देश निकाला गर्र्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ । न्युयोर्कको संघीय अदालतले राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशविरुद्ध अन्तरिम आदेश जारी गर्दै कानुनी प्रावधान पूरा गरेका, भिसा लिएका र ट्रम्पको आदेशपछि विभिन्न विमानस्थलमा अलपत्रमा परेका शरणार्थीलाई अमेरिकाबाट तत्काल फिर्ता पठाउन रोक लगाएको हो । अदालतको आदेशपछि प्रमाणित शरणार्थीलाई आवेदन, भिसा र अमेरिका प्रवेश गर्न रोक लगाउन पाइने छैन । राष्ट्रपति ट्रम्पले शनिबार इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको घोषणा गरेका थिए ।
आदेश अस्थायी
ट्रम्पको कार्यकारी आदेशमा पक्राउ गरिएका कुनै पनि यात्रुलाई थुन्न नपाइने र प्रतिबन्धित सात देशका मुसलमानलाई देशनिकाला गर्न नपाइने अदालतको आदेशमा उल्लेख छ । तर, यो निर्णय अस्थायी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शरणार्थी र आप्रवासीबारे ट्रम्पको आदेश गैरकानुनी भएको भन्दै द अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयू)मा उजुरी परेको थियो । पक्राउ परेका मानिसहरूको सूची पेस गर्न अदालतले सरकारसँग माग गरेको छ । आप्रवासीबारे फेब्रुबरीको अन्त्यमा अर्को सुनुवाइ हुने भएको छ । आन्दोलनमा उत्रिका अभियानकर्मीले अदालतको फैसलाले आफूहरूको जित भएको बताएका छन् ।
आदेशपछि ३७५ पक्राउ
राष्ट्रपति ट्रम्पको आदेशपछि अन्य देशबाट अमेरिका पुगेका तीन सय ७५ शरणार्थी आप्रवासी विमानस्थल र ट्रान्जिटमा पक्राउ परेका छन् । उनीहरूलाई अमेरिका प्रवेश दिन वा सम्बन्धित देशमा फर्काउन सरकारले अस्वीकार गरेको छ । शुक्रबार साँझ नै ट्रम्पले आदेश जारी गर्दा विमानमा उडिरहेका इराकका खालिद दर्बिस पक्राउ परेका थिए । उनलाई न्युयोर्कस्थित जन अफ केनेडी विमानस्थलमा उत्रनासाथ पक्राउ गरिएको थियो । इराकस्थित अमेरिकी सेनाका लागि १० वर्षसम्म दोभासेका रूपमा काम गरेका उनले ट्रम्पले राष्ट्रपतिको शपथ लिएकै दिन अमेरिका आउने भिसा पाएका थिए । ट्रम्पको आप्रवासीसम्बन्धी नयाँ नीतिपछि ग्रिन कार्ड अर्थात् स्थायी बसोवास अनुमति पाएकाहरू अमेरिका जाने क्रममा पक्राउ परेका थिए ।
के छ नयाँ व्यवस्था ?
राष्ट्रपति ट्रम्पले शुक्रबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सिरियालगायतका सात देशबाट आउने आप्रवासी शरणार्थीमाथि प्रतिबन्ध लगाएका थिए । जसअनुसार स्थायी अनुमति लिएका सात देशका मानिसहरू अमेरिका बस्न पाउनेछन् । तर, जसले अहिले अमेरिका छाडेका छन् उनीहरू भने तत्काल अमेरिका फिर्ता हुन पाउने छैनन् । स्थायी अनुमति लिएका केही त्यस्ता मानिसका परिवार अमेरिकामै छन् । तर, अब अमेरिका बस्न उनीहरूले पुनः अर्को अनुमतिका लागि निवेदन दिनुपर्नेछ ।
अरब र युएईका नेतासँग वार्ता गर्दै ट्रम्प
मुस्लिम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको विषयमा राष्ट्रपति ट्रम्पले साउदी अरब र युएईका नेतासँग टेलिफोन वार्ता गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले सीमित देशका मुस्लिमलाई अमेरिकामा रोक लगाएपछि विश्वभर तरंग उत्पन्न भएसँगै रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार टेलिफोन वार्ता गर्न लागेका हुन् । आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा ती देशका नेतासँग राष्ट्रपति ट्रम्पले छलफल गर्ने जनाइएको छ ।
‘क्यानडाले लैजान्छ’
क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदेउले अमेरिकाले रोक लगाएका विदेशी शरणार्थी तथा आप्रवासीलाई क्यानडाले स्वागत गर्ने बताएका छन् । अमेरिकाले मुस्लिम आप्रवासीलाई रोक लगाएपछि क्यानडाका प्रधानमन्त्री जस्टिनको यस्तो प्रतिक्रिया आएको हो । ‘हिंसा, आतंक र युद्धको पीडाबाट उन्मुक्तिको खोजीमा रहेका र अमेरिकाले रोक लगाएका आप्रवासी शरणार्थीलाई क्यानडा स्वागत गर्न चाहन्छ,’ प्रधानमन्त्री जस्टिनले भने । विविधतामा नै शक्ति भएको उनको भनाइ छ । ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, आप्रवासीलाई क्यानडामा स्वागत छ,’ उनले ट्विट गरेका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












