राष्ट्रपति ट्रम्पलाई अदालतको झड्का, मुस्लिम शरणार्थी अमेरिकामै रहने
न्युयोर्क, १७ माघ । मुस्लिम शरणार्थीलाई देश निकाला गर्र्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ । न्युयोर्कको संघीय अदालतले राष्ट्रपति ट्रम्पले जारी गरेको आदेशविरुद्ध अन्तरिम आदेश जारी गर्दै कानुनी प्रावधान पूरा गरेका, भिसा लिएका र ट्रम्पको आदेशपछि विभिन्न विमानस्थलमा अलपत्रमा परेका शरणार्थीलाई अमेरिकाबाट तत्काल फिर्ता पठाउन रोक लगाएको हो । अदालतको आदेशपछि प्रमाणित शरणार्थीलाई आवेदन, भिसा र अमेरिका प्रवेश गर्न रोक लगाउन पाइने छैन । राष्ट्रपति ट्रम्पले शनिबार इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको घोषणा गरेका थिए ।
आदेश अस्थायी
ट्रम्पको कार्यकारी आदेशमा पक्राउ गरिएका कुनै पनि यात्रुलाई थुन्न नपाइने र प्रतिबन्धित सात देशका मुसलमानलाई देशनिकाला गर्न नपाइने अदालतको आदेशमा उल्लेख छ । तर, यो निर्णय अस्थायी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शरणार्थी र आप्रवासीबारे ट्रम्पको आदेश गैरकानुनी भएको भन्दै द अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयू)मा उजुरी परेको थियो । पक्राउ परेका मानिसहरूको सूची पेस गर्न अदालतले सरकारसँग माग गरेको छ । आप्रवासीबारे फेब्रुबरीको अन्त्यमा अर्को सुनुवाइ हुने भएको छ । आन्दोलनमा उत्रिका अभियानकर्मीले अदालतको फैसलाले आफूहरूको जित भएको बताएका छन् ।
आदेशपछि ३७५ पक्राउ
राष्ट्रपति ट्रम्पको आदेशपछि अन्य देशबाट अमेरिका पुगेका तीन सय ७५ शरणार्थी आप्रवासी विमानस्थल र ट्रान्जिटमा पक्राउ परेका छन् । उनीहरूलाई अमेरिका प्रवेश दिन वा सम्बन्धित देशमा फर्काउन सरकारले अस्वीकार गरेको छ । शुक्रबार साँझ नै ट्रम्पले आदेश जारी गर्दा विमानमा उडिरहेका इराकका खालिद दर्बिस पक्राउ परेका थिए । उनलाई न्युयोर्कस्थित जन अफ केनेडी विमानस्थलमा उत्रनासाथ पक्राउ गरिएको थियो । इराकस्थित अमेरिकी सेनाका लागि १० वर्षसम्म दोभासेका रूपमा काम गरेका उनले ट्रम्पले राष्ट्रपतिको शपथ लिएकै दिन अमेरिका आउने भिसा पाएका थिए । ट्रम्पको आप्रवासीसम्बन्धी नयाँ नीतिपछि ग्रिन कार्ड अर्थात् स्थायी बसोवास अनुमति पाएकाहरू अमेरिका जाने क्रममा पक्राउ परेका थिए ।
के छ नयाँ व्यवस्था ?
राष्ट्रपति ट्रम्पले शुक्रबार एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सिरियालगायतका सात देशबाट आउने आप्रवासी शरणार्थीमाथि प्रतिबन्ध लगाएका थिए । जसअनुसार स्थायी अनुमति लिएका सात देशका मानिसहरू अमेरिका बस्न पाउनेछन् । तर, जसले अहिले अमेरिका छाडेका छन् उनीहरू भने तत्काल अमेरिका फिर्ता हुन पाउने छैनन् । स्थायी अनुमति लिएका केही त्यस्ता मानिसका परिवार अमेरिकामै छन् । तर, अब अमेरिका बस्न उनीहरूले पुनः अर्को अनुमतिका लागि निवेदन दिनुपर्नेछ ।
अरब र युएईका नेतासँग वार्ता गर्दै ट्रम्प
मुस्लिम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको विषयमा राष्ट्रपति ट्रम्पले साउदी अरब र युएईका नेतासँग टेलिफोन वार्ता गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले सीमित देशका मुस्लिमलाई अमेरिकामा रोक लगाएपछि विश्वभर तरंग उत्पन्न भएसँगै रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार टेलिफोन वार्ता गर्न लागेका हुन् । आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा ती देशका नेतासँग राष्ट्रपति ट्रम्पले छलफल गर्ने जनाइएको छ ।
‘क्यानडाले लैजान्छ’
क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदेउले अमेरिकाले रोक लगाएका विदेशी शरणार्थी तथा आप्रवासीलाई क्यानडाले स्वागत गर्ने बताएका छन् । अमेरिकाले मुस्लिम आप्रवासीलाई रोक लगाएपछि क्यानडाका प्रधानमन्त्री जस्टिनको यस्तो प्रतिक्रिया आएको हो । ‘हिंसा, आतंक र युद्धको पीडाबाट उन्मुक्तिको खोजीमा रहेका र अमेरिकाले रोक लगाएका आप्रवासी शरणार्थीलाई क्यानडा स्वागत गर्न चाहन्छ,’ प्रधानमन्त्री जस्टिनले भने । विविधतामा नै शक्ति भएको उनको भनाइ छ । ‘विविधतामा एकता नै हाम्रो शक्ति हो, आप्रवासीलाई क्यानडामा स्वागत छ,’ उनले ट्विट गरेका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











