इतिहास : राजतन्त्र हटाउन माधव नेपालले यस्तो प्रस्ताव गरेका थिए
फागुन २०/२१
जनआन्दोलन निरन्तर बढिरहेकै बखत पाटनको च्यासलमा मालेको केन्द्रिय समिति बैठक बस्यो । महासचिवले बैठकमा एजेन्डा राखेपछि केन्द्रीय सदस्यहरुले थप एजेन्डाहरुबारे आ–आफ्नो धारणाहरु राख्ने चलन थियो । महासचिव मदनले एजेन्डा पेस गरेपछि माधवले सुरुमै प्रस्ताव राखे,‘यो आन्दोलनलाई उचाईमा पु¥याउन छिमेकी मित्रराष्ट्र भारतले यथेष्ट सहयोग गर्ने भनेको छ ।’
‘के सहयोग ?’ मदनले सोधे ।
‘हतियार सहयोग,’ माधवले सगर्भ भने ।
‘हतियार चलाउन तालिम लिनुप¥यो । हामीसँग अनुभवी कार्यकर्ता छन् र ? मदनले ‘हतियार चलाउने मानिसपनि आउँछन्,’माधवले फरर्र उत्तर दिए । आन्दोलनलाई गणतन्त्रमा पु¥याउन सहयोग स्विकानुपर्ने व्याख्या समेत सुनाउ,माधवले ।
म र सीपीले बोल्ने समय मागेका थियौ । मदनले चुप लाग्न इसारा गरे । र,आफैं बोले,‘होइन विवेक (माधवको भुमिगत कालको नाम) कमरेड यो कस्तो प्रस्ताव हो ? पार्टीको केन्द्रिय कमिटी बैठकमा विदेशी सेना भित्र्याउने प्रस्ताव ल्याउन मिल्छ ? भारतीय सेना त के चिनियाँ लाल सेना आए पनि हामी स्विकार्दैनौं । इतिहासको विकासक्रममा राजतन्त्र स्थापित भयो । आफ्नै क्रियाकलापका कारण समयक्रममा नेपाली जनताको हातबाट यसको प्रमाण जान्छ । तपाईंको यस्तो प्रस्ताव कम्युनिष्ट पार्टीप्रतिको ठूलो अपमान हो । राष्ट्रको स्वाभिमान लुट्ने चाल हो । त्यसैले यसलाई फिर्ता लिइहाल्नोस् ।’ माधवको प्रस्ताव माइन्युट त हुनै पाउन नै,बोली नै फिर्ता लिन लगाए,मदनले ।
त्यसपछि चैत २ गते च्यासलमै मालेको केन्द्रिय कमिटीको अर्को बैठक बस्यो । अघिल्लो बैठकमा अस्विकृत प्रस्ताव फेरि माधवले दोहो¥याए,‘एकदम जिम्मेवार तहबाट भारतीय सहयोग आउने भएको छ । हतियार नेपालीले नै प्रयोग गर्नेगरी ।’
‘कसरी’ मदनले सोधे ।
‘भारतीय सेनामा कार्यरत नेपाली जवानहरुलाई छुट्टीमा नेपाल पठाइन्छ र उनीहरुले ती हतियार चलाउनेछन् । अब जसरी पनि गणतन्त्र ल्याउनुपर्छ ।,’ माधवले निर्धक्क भने ।
सन् १९९१ मा भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या भयो । उक्त घटनाका लागि नेपालकी रानी ऐश्वर्याले १० करोड रुपैयाँ तलिम विद्रोहीलाई दिइएको भन्ने हल्ला थियो त्यसबखत । वास्तविक थाहा छैन । तर,यही विन्दुदेखि भारत नेपाली राजदरबारसँग देखिने गरी वैरभावमा उत्रिएको थियो । राजदरबार फालने अनेक दाउमा थियो,भारत । त्यसैले उसले पञ्चायतविरोधी शक्तिलाई उचालेर राजतन्त्र मास्ने उपयुक्त अवसर देखेको हुन सक्छ । यदि मालेले उक्त प्रस्ताव मानेको भए राजतन्त्र फाल्न माओवादी एक दशकको रक्तपात कुर्नु पर्दैनथ्यो । अपितु देशको सार्वभोम र सभिमानको बास भने पैतालाकमुनि हुने थियो । यसपटक मदनले अघिल्लो पटक भन्दा बेस्सरी झाँटेपछि माधवले फेरि त्यस्तो प्रस्ताव ल्याएनन् । मदनकै अडानले राष्ट्रघाती कमद रोकियो,त्यस बेला ।
राधाकृष्ण मैनालीद्वारा लिखित पुस्तक ‘नलेखिएको इतिहास’ बाट हामीले साभार गरेका हौं । पुस्तक २९ माघ शनिबार प्रज्ञा प्रतिष्ठानमा विमोचित गरिएको थियो । –सम्पादक
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...











