कोरियाली श्रम मन्त्रलयले जारी गरेको नयाँ निर्देशिका खारेजीको माग राख्दै एमटियु प्रदर्शनमा
दक्षिण कोरिया । कोरियाली श्रम मन्त्रलयले गत महिनाको ६ तारिक इपिएसको प्रवासी मजदुरलाई कम्पनीले खान र बस्ने सेवा उपलब्ध गराए वापत मासिक तलबको २० प्रतिसतसम्म प्रवासी मजदुरबाट लिने पाउने नयाँ कार्य निर्देशिका बनाएको छ ।
निर्देशिका अनुसार कम्पनीले इपिएसको मजदुरबाट अपार्टमेन्ट,एकल घर , भिल्ला, बहुपरिवार भवनमा बस्ने व्यबस्था साथै खाना दुवै उपलब्ध गराएमा नियमित रुपमा पाउने मासिक तलबको २० प्रतिशत रकम खान र बस्ने खर्च बापत लिन सक्नेछ ।
यो बाहेक अन्य अस्थाई बसोबास गर्ने ठाउँ कन्टेनर, प्लास्टिकको घर आदिमा बस्ने र खाना दुवै उपलब्ध गराएमा नियमित पाउने मासिक तलबको १३ प्रतिशत रकम बस्ने कोठा र खाना खर्च वापत् लिन सक्नेछ ।
अपार्टमेन्ट,एकल घर ,भिल्ला ,बहु परिवार भवनमा बस्ने कोठा मात्र उपलब्द गराएमा ‘पक्कि घर’ मासिक तलबको १५ प्रतिशत रकम कोठा भाडा बापत लिन सक्नेछ । अस्थाई बस्ने ठाउँ कन्टेनर,प्लास्टिकको घर आदिमा बस्ने कोठा मात्र उपलब्ध गराएमा मासिक तलबको ८ प्रतिशत रकम त्यसको भाडा वापत प्रवासी मजदुरबाट लिन पाउने सक्ने छ ।
यो वाहेक ग्यास, बिजुली ,हिटर, एयरकन्डिसनर आदि वापत लाग्ने शुक्ल ‘जुन शुल्क’ पहिलानै निश्चित गर्न सकिदैन ।कम्पनी र मजदुरबीच सहमति गरि छुट्टै तिर्नु पर्नेछ । अस्थाई बसोबास गर्ने स्थल नजिकै नुहाउने ठाउँ र शौचालयको अनिवार्य व्यवस्था हुनुपर्नेछ । र, एउटा कोठामा महिला पुरुषसगै राख्नु हुदैन ।
मासिक तलब भन्नाले मानक तलब ‘통산임금’ तबललार्इ जनाउँछ । मानक तलब ‘통산임금’ भन्नाले घण्टा,दिन , साप्ताहिक, महिनाको तलब साथै सम्झौता अनुसार नियमित रुपमा मजदुरले पूर्ण तथा आंशिक काम गरे वापत प्राप्त गरेको तलब भन्ने जनाउने छ ।
अबदेखि इपिएसमा आउने प्रवासी मजदुरले वा कोरियामै कम्पनी परिवर्तन गरि अर्को कम्पनीमा प्रवेशको लागि श्रम सम्झौता गर्दा खाने बस्ने खर्च सम्बन्धित छुटै सम्झौता गर्नुपर्ने छ । सम्बन्धित देशको इपिएस कार्यालयलार्इ यस बारेमा जानकरी गराउने श्रम मन्त्रालयले जनाएको छ ।
यो भन्दा पहिला इपिएसको मजदुरले कम्पनीले खान, बस्न सेवा कम्पनीले उपलब्द गराएमा त्यस बापतको खर्च कति दिने वा कम्पनीले कति लिने भन्ने तोकिएको थिएन । यो भन्दा पहिले कति कम्पनीले खान बस्ने सुबिधा निशुल्क उपलब्द गराउदै आएको थियो ।
अब नियम नै बनाएर सुबिधा उपलब्द गराए बापत कम्पनीले लिन सक्ने खर्च तोकी दिएकोले निः शुक्ल उपलब्ध गराउँदै आएको कम्पनीहरुले पनि निःशुल्क उपलब्ध नगराउन सक्ने सम्भावना बढी छ । अब प्रवासी मजदुरले बिभिन्न बहानामा आफ्नो तलबको धेरै हिस्षा कोरियामा नै छोडेर जानुपर्ने भएको छ ।
२००९ देखि इपिएसको मजदुरलाई कम्पनीले खाने बस्नेको सुविधा निःशुल्क उपलब्ध गराए पनि हुने उपलब्ध नगराए पनि हुन भनि छुट दिएको हो । यसरी कोरियन सरकारले प्रवासी मजदुरलार्इ चुसेर कम्पनी मालिक मोटाउने निर्देशिका बनाएकोमा प्रवासी मजदुर संगठन ‘एमटियु’ खारेजीको माग गर्दै दबाब मुलक कार्यक्रम शुरु गरेको छ ।
एमटियु शुरुदेखि नै खाने बस्ने सुविधा निःशुल्क कम्पनीले उपलब्ध गराउनुपर्छ भन्ने पक्षमा आवाज उठाई रहेको छ । यदि कम्पनीले निःशुल्क खान बस्ने सुविधा उपलब्ध गराउन सक्दैन भने इपिएसको मजदुरले व्यहोर्नु पर्ने खर्च ३ प्रतिशत देखि ५प्रतिशत भण्ड बढी तोक्नु हुदैन भन्ने एमटियुको माग छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











