एयरबसको नयाँ जहाज आएपछि निगमले बार्षिक २० अर्बको ग¥यो व्यापार
काठमाडौं । ए ३३०–२०० मोडेलका दुई एयरबस जहाज नेपाल वायुसेवा निगमले खरिदपछि अर्बमा नाफा गर्ने योजना बनाएको छ।
जहाज खरिदका लागि अमेरिकाको एएआर कर्पोरेसनलाई जमानी बापतको १० करोड रुपैयाँ भुक्तानी गरिसकेको निगमले १० वर्षे योजना तय गरेको हो। प्रत्येक जहाजमा २८० सिट क्षमता छ। यी जहाजले युरोप र अस्ट्रेलियासम्म उडान भर्ने निगमको तयारी छ।
जहाज नेपाल भित्र्याएपछिको पहिलो वर्ष नै कुल बिक्रीको ७।२ प्रतिशत नाफा कमाउने निगमको लक्ष्य छ। पाँच वर्षभित्रै बिक्रीको १०.६३ प्रतिशत नाफा पुर्याउने लक्ष्य राखिएको छ। ऋण क्रमशः घट्दै जाने र व्यापार उकालो लाग्ने हुँदा नाफा बढाउन सकिने निगम व्यवस्थापनको आंकलन छ।
पाँचदेखि दसौं वर्षसम्म वार्षिक बिक्रीको १९। ४८ प्रतिशत नाफा हासिल गर्ने लक्ष्य राखिएको हो। निगमले नयाँ जहाज खरिद गर्न २५ अर्ब रुपैयाँ हाराहारी ऋण लिनेछ। यसका लागि कर्मचारी सञ्चय कोषसँग अनौपचारिक कुराकानी समेत भइसकेको छ।
अधिकतम ७ प्रतिशत ब्याजदर हुने आँकलन सहित ढिलोमा १५ वर्ष ११ महिना भित्र ऋण चुक्ता गर्ने निगमको कार्ययोजनामा उल्लेख छ। निगमले प्रक्रिया सुरु गरेपछिका दुई वर्षभित्र जहाज ल्याउने र तेस्रो वर्षदेखि उडान थाल्ने लक्ष्य लिएको थियो।
त्यसअनुरुप नयाँ थप गरिएका जहाज आइसकेपछिको पहिलो वर्ष ‘प्रक्रिया सुरु भएको तेस्रो वर्ष’ नै १४ अर्ब १० करोड रुपैयाँ ‘१३ करोड ३० लाख अमेरिकी डलर’ को व्यापार गर्ने लक्ष्य राखेको छ।
दोस्रो वर्षमा १४ अर्ब ९२ करोड रुपैयाँ ‘१४ करोड सात लाख ८४ हजार अमेरिकी डलर’, तेस्रो वर्षमा १५ अर्ब ७९ करोड रुपैयाँ ‘१४ करोड ९० लाख ४० हजार अमेरिकी डलर’ हुँदै दसौं वर्ष २० अर्ब रुपैयाँ ‘१९ करोड दुई लाख १६ हजार अमेरिकी डलर’ भन्दा धेरैको व्यापार गर्ने लक्ष लिइएको हो।
जहाजले उडान गर्न थालेको पहिलो वर्षमा नै ऋणको किस्ता सहित सबै खर्च कटाएर ६५ करोड १३ लाख रुपैयाँ ‘६१ लाख ४५ हजार अमेरिकी डलर’ खुद मुनाफा कमाउने निगम व्यवस्थापनको लक्ष्य छ। विमान खरिद प्रक्रिया सुरु भएको दसौं वर्षमा खुद मुनाफा १२ अर्ब ८० करोड ९८ लाख रुपैयाँ ‘११ करोड ८९ लाख ६१ हजार अमेरिकी डलर’ पुग्ने निगमको आँकलन छ।
निगमलाई हाल पाइलटको समस्या छ। त्यसैले सुरुको एक वर्ष विदेशी पाइलटले नै नयाँ जहाज उडाउनेछन्। त्यतिन्जेलमा नेपालीलाई नै इन्स्ट्रक्टर पाइलट बनाउने र विदेशीलाई विस्थापित गर्ने महाप्रबन्धक सुगतरत्न कंशाकारले बताए।
निगमसँग हाल वार्षिक तीन लाख ५६४ सिट क्षमताको बराबरको अन्तर्राष्ट्रिय उडान गर्ने अधिकार भए पनि ७५ हजार सिटमात्र प्रयोग गर्न सकेको छ। जहाजको कमीकै कारण आफूले पाएको सिट पनि प्रयोग गर्न नसकेको कंसाकारले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












