एयरबसको नयाँ जहाज आएपछि निगमले बार्षिक २० अर्बको ग¥यो व्यापार
काठमाडौं । ए ३३०–२०० मोडेलका दुई एयरबस जहाज नेपाल वायुसेवा निगमले खरिदपछि अर्बमा नाफा गर्ने योजना बनाएको छ।
जहाज खरिदका लागि अमेरिकाको एएआर कर्पोरेसनलाई जमानी बापतको १० करोड रुपैयाँ भुक्तानी गरिसकेको निगमले १० वर्षे योजना तय गरेको हो। प्रत्येक जहाजमा २८० सिट क्षमता छ। यी जहाजले युरोप र अस्ट्रेलियासम्म उडान भर्ने निगमको तयारी छ।
जहाज नेपाल भित्र्याएपछिको पहिलो वर्ष नै कुल बिक्रीको ७।२ प्रतिशत नाफा कमाउने निगमको लक्ष्य छ। पाँच वर्षभित्रै बिक्रीको १०.६३ प्रतिशत नाफा पुर्याउने लक्ष्य राखिएको छ। ऋण क्रमशः घट्दै जाने र व्यापार उकालो लाग्ने हुँदा नाफा बढाउन सकिने निगम व्यवस्थापनको आंकलन छ।
पाँचदेखि दसौं वर्षसम्म वार्षिक बिक्रीको १९। ४८ प्रतिशत नाफा हासिल गर्ने लक्ष्य राखिएको हो। निगमले नयाँ जहाज खरिद गर्न २५ अर्ब रुपैयाँ हाराहारी ऋण लिनेछ। यसका लागि कर्मचारी सञ्चय कोषसँग अनौपचारिक कुराकानी समेत भइसकेको छ।
अधिकतम ७ प्रतिशत ब्याजदर हुने आँकलन सहित ढिलोमा १५ वर्ष ११ महिना भित्र ऋण चुक्ता गर्ने निगमको कार्ययोजनामा उल्लेख छ। निगमले प्रक्रिया सुरु गरेपछिका दुई वर्षभित्र जहाज ल्याउने र तेस्रो वर्षदेखि उडान थाल्ने लक्ष्य लिएको थियो।
त्यसअनुरुप नयाँ थप गरिएका जहाज आइसकेपछिको पहिलो वर्ष ‘प्रक्रिया सुरु भएको तेस्रो वर्ष’ नै १४ अर्ब १० करोड रुपैयाँ ‘१३ करोड ३० लाख अमेरिकी डलर’ को व्यापार गर्ने लक्ष्य राखेको छ।
दोस्रो वर्षमा १४ अर्ब ९२ करोड रुपैयाँ ‘१४ करोड सात लाख ८४ हजार अमेरिकी डलर’, तेस्रो वर्षमा १५ अर्ब ७९ करोड रुपैयाँ ‘१४ करोड ९० लाख ४० हजार अमेरिकी डलर’ हुँदै दसौं वर्ष २० अर्ब रुपैयाँ ‘१९ करोड दुई लाख १६ हजार अमेरिकी डलर’ भन्दा धेरैको व्यापार गर्ने लक्ष लिइएको हो।
जहाजले उडान गर्न थालेको पहिलो वर्षमा नै ऋणको किस्ता सहित सबै खर्च कटाएर ६५ करोड १३ लाख रुपैयाँ ‘६१ लाख ४५ हजार अमेरिकी डलर’ खुद मुनाफा कमाउने निगम व्यवस्थापनको लक्ष्य छ। विमान खरिद प्रक्रिया सुरु भएको दसौं वर्षमा खुद मुनाफा १२ अर्ब ८० करोड ९८ लाख रुपैयाँ ‘११ करोड ८९ लाख ६१ हजार अमेरिकी डलर’ पुग्ने निगमको आँकलन छ।
निगमलाई हाल पाइलटको समस्या छ। त्यसैले सुरुको एक वर्ष विदेशी पाइलटले नै नयाँ जहाज उडाउनेछन्। त्यतिन्जेलमा नेपालीलाई नै इन्स्ट्रक्टर पाइलट बनाउने र विदेशीलाई विस्थापित गर्ने महाप्रबन्धक सुगतरत्न कंशाकारले बताए।
निगमसँग हाल वार्षिक तीन लाख ५६४ सिट क्षमताको बराबरको अन्तर्राष्ट्रिय उडान गर्ने अधिकार भए पनि ७५ हजार सिटमात्र प्रयोग गर्न सकेको छ। जहाजको कमीकै कारण आफूले पाएको सिट पनि प्रयोग गर्न नसकेको कंसाकारले बताए।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












