तीन जोडीको एकैदिन सम्बन्ध विच्छेद
रोल्पा । महिला दिवसकै सङ्घारमा मङ्गलबार रोल्पामा एकैसाथ फरक फरक गाविसका तीन जोडीले जिल्ला अदालत रोल्पामा पुगी सम्बन्ध विच्छेद गरेका छन् ।
यसरी सम्बन्ध विच्छेद गर्ने जोडी २२ देखि ५४ वर्ष उमेर समूहका रहेका छन् । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस सभ्य र भव्यरुपमा सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालय रोल्पासहित जिल्लाका विभिन्न सरोकारवाला निकायको तयारी तीव्र भइरहेकै बेला उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन् । एकातिर लैङ्गिक हिंसा अन्तका लागि समाजमा विभिन्न नारा अगाडि सारिएका छन्, राज्यले ठूलो मात्रामा धनराशि खर्चिएको छ भने अर्कोतिर महिला सदियौँदेखि चल्दै आएको लैङ्गिक हिंसाबाट अछुतो हुन सकिराखेका छैनन् ।
पुरुषवादी समाजमा अझै पनि महिला प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको सिकार बनिरहेका प्रशस्तै उदाहरण समाजमा व्याप्त छन् । यसरी हिंसाको सिकार बनिरहेका महिला नचाहेर पनि सम्बन्ध विच्छेदको निर्णयमा पुगेको उनीहरुले बताए । मानसिक तथा शारीरिकरुपमा श्रीमान्बाट यातना सहेर सँगै बाँच्नुभन्दा सम्बन्ध विच्छेद गरेर बरु दुःखै सहन उचित ठानी आफूहरु यो निर्णयमा पुगेको उनीहरुको भनाइ छ । जौलिपोखरी–३ रोल्पाकी २२ वर्षीय सुकमती राना सम्बन्ध विच्छेदका लागि भन्दै मङ्गलबार जिल्ला अदालत रोल्पा आइपुग्नुभएको थियो ।
गत माघको अन्तिम साता श्रीमान्ले सौता हालेर यातना दिएपछि सौतासँग बसेर बाँकी जीवन काट्न नसक्ने भन्दै उहाँ सम्बन्ध विच्छेदका लागि लिबाङ आइपुग्नु भएको हो । रानाले १५ वर्षको उमेरमा घोडागाउँ–७ रोल्पाका १८ वर्षीय गोपाल बस्नेतसँग प्रेम विवाह गर्नुभएको थियो । करिब ६ वर्ष लामो वैवाहिक जीवन बिताएको भएपनि यो जोडी करिब २ वर्ष मात्र सँगै बसेको छ । पटकपटक श्रीमान् वैदेशिक रोजगारीका लागि बाहिरिएको हुँदा रानाले परिवारसँगै बसेर दुःखसुखका साथ जीवन चलाउँदै आएको बताउनुभयो ।
बाइस वर्षीय राना यसअघि नै दुई सन्तानकी आमा बनिसक्नुभएको छ । तर दुर्भाग्य हाल उहाँकोे काख रित्तो छ । उहाँका ससुराले गर्भवती भएका बेला धेरै काम गर्नुपर्ने ठूलाठूला भारी बोक्न लगाएका कारण उहाँको ७ महिना र अर्को ८ महिनाको गर्भपतन भएको रानाको आरोप छ । रानाले आँसुका धारा बगाउँदै भन्नुभयो, “न सन्तान बाँचे, न श्रीमान् आफ्नो बन्यो, न त घरमा सासूससुराले माया गर्छन्, कस्को मुख हेरेर बाँचु रु तपाईं आफैँ भन्नुस् ।” रानाका श्रीमान्को तर्क छ, “जेठी श्रीमतीबाट जन्मेका दुवै सन्तान बाँचेनन्, त्यसैले सन्तानको रहर पूरा गर्न दोस्रो विवाह गरेँ ।”
के गर्भपतन हुनु वा सन्तान जीवित नरहनुमा महिलाकै मात्र दोष रहन्छ र रु यस विषयमा सरोकारवाला गम्भीर बन्नुपर्ने बेला आएको छ । रानाकी आमाले छोरीको कर्ममा लेखिएको कुरा भोग्नैपर्ने भएको हुँदा मन बुझाएर सौतासँग मिलेर बस्नुपर्ने सल्लाह दिनुभएको थियो । तर सम्भावना नरहेपछि राना सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउनुभएको हो ।
यस्तै, बुढागाउँ–९ रोल्पाकी ५४ वर्षीया शान्ति विकले श्रीमान्सँग सम्बन्ध विच्छेद गर्ने इच्छा नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेद गर्न बाध्य भएको बताउनुभयो । उहाँका अनुसार २० वर्षको उमेरमा जुँगार–२ रोल्पाका १९ वर्षीय वीरमान सुनारसँग उहाँको प्रेम विवाह भएको थियो ।
विवाहपछि यो जोडीका सबैजसो पल सामान्य नै रहे । तर पनि करिब ११ वर्षपहिले देखि घरायसी विवाद वा सामान्य झैझगडाका कारण यो जोडीको पारिवारिक सम्बन्ध सुमधुर बन्न सकेन । श्रीमान् घरबाहिर बस्ने, घरकी श्रीमतीलाई वास्ता नगर्ने गर्दै आएको भएपनि एक छोरा र तीन छोरीकी आमा बनेकी विक सन्तानको संरक्षण गर्दै घरमै बस्दै आउनुभएको थियो ।
करिब एक वर्षपहिले उहाँका श्रीमान्ले तीन छोरी र एक छोराकी आमा बनिसकेकी ४९ वर्षीय महिलालाई कान्छी श्रीमतीका रुपमा दाङमै भित्र्याउनुभयो । यसरी सौता हालेका श्रीमान् घर फर्केर सम्बन्ध विच्छेदका लागि करकाप गर्न थालेपछि आफन्त र छोराका साथमा मङ्गलबार उहाँ जिल्ला अदालत रोल्पा आइपुग्नुभएको हो ।
“मर्ने बेलामा यो ठाउँमा आउनु प¥यो, भिन्नै बसौँ, सम्बन्ध विच्छेद नगरौँ, मलाई तपाईंले हेर्नु पर्दैन भन्दापनि उहाँले सम्बन्ध विच्छेद गर्न बाध्य गर्नुभयो । नचाहेर पनि उहाँको खुसीका लागि सम्बन्ध विच्छेद गरँे,” भावुक बन्दै विकले भन्नुभयो ।
उहाँलाई अन्तिमसम्म पनि सम्बन्ध विच्छेद गर्ने चाहना थिएन । तर यो जोडीको करिब ३४ वर्ष लामो सहयात्रा मङ्गलबारदेखि फरक फरक गन्तव्यका लागि मोडिएको छ । श्रीमान्ले सम्बन्ध विच्छेदका लागि निवेदन दिँदा प्रक्रिया लामो र झन्झटिलो हुने भएपछि सुनारले श्रीमतीलाई इच्छा नहुँदा नहुँदै पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन लगाउनुभएको सुनारका छोरा थानबहादुर विक र मामाभाइ गणेशकुमार विकले जानकारी दिनुभयो ।
यस्तै, तालाबाङ–२ रोल्पाकी २४ वर्षीया दिलकुमारी वली सरकारी विद्यालयकी शिक्षिका हुनुहुन्छ । आजभन्दा ६ वर्षपहिले एसएलसी उत्तीर्ण गरेलगत्तै कक्षा ७ पढेर बीचमै पढाइ छोडेका गाउँकै २० वर्षीय झुपलाल डाँगीसँग परिवारको करकापमा उहाँको मागी विवाह भएको थियो । तर विवाह पछिका कुनै पनि पल सुखद रहेनन् । रातदिनको झैँझगडाले श्रीमान्श्रीमती दुवैलाई मानसिक तनाव भइरह्यो ।
यसअघि दुईपटक सम्बन्ध विच्छेदका लागि तयार यो जोडी आफन्तको सल्लाह सुझावबमोजिम बाहिरी रुपमा मिलेर फर्किएको जोडी मनैदेखि मिल्न सकेन अनि अन्तमा सहमतिमै सम्बन्ध विच्छेदका लागि भन्दै मङ्गलबार पुनः जिल्ला अदालत रोल्पामा आएको हो ।
“म पढ्न चाहन्छु जागिर गर्न चाहन्छु, तर श्रीमान् घर व्यवहार चलाउनुपर्छ भनेर पे्रसर गर्नुहुन्छ”, वलीले भन्नुभयो । तर डाँगी भने एसएलसी उत्तीर्ण गरेकी श्रीमतीलाई आफूले नै यो ठाउँसम्म ल्याइपु¥याएको दाबी गर्नुहुन्छ । करिब ६ वर्ष लामो सहयात्रा गरेको यो जोडीको सन्तान भने जन्मिएका छैनन् । अन्तमा मङ्गलबार यो जोडीको पनि सम्बन्ध विच्छेद भएरै छाड्यो ।
समाजसेवी सरस्वती आचार्यका अनुसार यी तीनवटै सम्बन्ध विच्छेदका घटनामा महिला नै पीडित भएको देखिन्छ । उहाँले यसरी श्रीमतीमाथि अन्याय गर्ने पुरुषलाई कडाभन्दा कडा कानुनी कारबाही नभएसम्म यस प्रकारका घटना अन्त हुन सक्दैनन् भन्नुभयो ।
यस्तै, अधिकारकर्मी श्रीकुमारी रोकामगरका अनुसार श्रीमान्ले घरमा श्रीमती हुँदाहुँदैै दोस्रो विवाह गर्छ भने त्यसलाई स्वीकारेर उसैसँग बसिराख्नुपर्छ भन्ने बाध्यता महिलालाई हुनुु हुँदैन ।
श्रीमतीले पनि कुनै पेसा–व्यवसाय गरेर बाँच्ने बाटो अपनाउन सकिन्छ ।
दिवस मनाउनु मात्र ठूलो कुरा होइन दिवसले केही हदसम्म सन्देश दिन्छ, तर पूर्णरुपमा हिंसा न्यूनीकरण हुँदैन । घरघरबाट छोरा र छोरीका बीचमा विभेद अन्त गर्दै अगाडि बढ्न सकेमात्र समाज परिवर्तनमा थप टेवा मिल्ने देखिन्छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












