श्रीमान् बितेपछि नासो हुर्काउन ६ दिनकी सुत्केरीलाई समस्या
जगतपुर (चितवन), २७ फागुन । श्रीमान्को बिछोडपछि नासो हुर्काउन ६ दिनकी सुत्केरी सुनिता परियार गाउँलेको सहारामा बस्न विवश छिन् ।
पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं १२ (साविक जगतपुर ९) की सुनिताको कच्ची झुप्रोमा ढोका छैन । नयाँ घर बनाउन पैसा छैन । कमाउने श्रीमान् राजु विक सात महिना अघि नै रहस्यमय रुपमा बिते । श्रीमान् सम्झिँदा मन थाम्नै सक्दिनन् उनी ।
वृद्ध ससुरा टेकलाल पैसा पाए रक्सी खाएर सक्छन् । घर बनाउन नसक्दा श्रीमान् बितेदेखि नै सानीआमा मनबुजाको घरमा बस्दैआएकी सुनिता परिवार पाल्न गाउँबाटै सहयोग जुटाउनु पर्ने बाध्यतामा छिन् ।
चार सन्तानकी आमा २२ वर्षीया सुनिता बिहीबार ६ दिनकी सुत्केरी थिइन् । तीन छोरी लगातार पाएपछि फागुन २० गते छोरो जन्माइन् ।
श्रीमान्ले छाडेर गए पनि नासो हुर्कँदै त छ तर कष्टकर अवस्थामा छिन् सुनिता र भन्छिन्, ‘गाउँलेले दिएर खान पाएको छु ।’
श्रीमान् बित्दा उनको दुई महिनाको गर्भ थियो । पाँच महिना गर्भ हुँदासम्म गाउँमा ज्याला मजदुरीको काम गर्न गइन् । त्यसपछि अहिलेसम्म उनलाई गाउँलेले कहिले अन्न त कहिले मासु, कहिले नगद नै पैसा दिएर उनीहरुको गर्जाे टर्दै आइरहेका छन् । गाउँका रैमती गुरुङ, लीला श्रेष्ठ, जानुका विकलगायत उनको सहयोगमा जुटेका छन् ।
छुट्टिएर बसेका देवर मनबहादुरले सहयोग नगरेका पनि होइन तर सधैं पुग्दैन । घरमा अन्न उब्जने जग्गा छैन । ऐलानी जग्गामा बसेका छन् ।
बिहे भएको ७ वर्ष भयो । जेठी छोरी ६ वर्षकी अस्मिता कक्षा १ मा र माइली ४ वर्षकी रेजिना शिशु कक्षामा पढ्छिन । कान्छी १ वर्षकी सुप्रिया छिन् । अहिलेको छोरा आज सात दिनको भयो ।
गएको साउन १ गतेको कुरा हो । कुल्ली काम गर्ने गरेका श्रीमान् राजु विक घरबाट साइकल लिएर निस्किए । साहुबाट पैसा लिनुछ भन्दै गएका उनी सुसुराली पुगे । त्यसपछि केही दिन आएनन् । परिवारले पनि ससुराली मै होला भनेर वास्ता गरेनन् ।
हराएको थाहा पाएपछि खोजी गरियो । चितवनको मेघौली विमानस्थल पछाडि झाडीमा उनको शव ४ दिनपछि फेला प¥यो । गन्हाएको अवस्थामा भेटिएको उनको टाउकामा सामान्य घाउ थियो ।
‘मरेको होइन, कसैले मारेकै हो,’ सुत्केरी सुनिताले भक्कानिँदै भनिन् – ‘अहिलेसम्म कसले मा¥यो केही पत्ता लगाउन सकिएन ।’
‘प्रहरीमा जाँदा कसैले वास्तै गरेनन्, अस्पतालमा पोष्टमोर्टम रिपोर्ट खोज्दा काठमाडौ जानुपर्छ भने’ ( आँसु पुछ्दै सुनिताले भनिन् । घरको एक मात्रै सहारा राजु दुई महिनाको गर्भ छाडेर सदाका लागि गए । उनको नासो हुर्काउन अहिले सुनितालाई ठूलै सकस छ । अरु तीन बालिकालाई हुर्काउने र सासूससुरा हेर्ने बोझ पनि उनी माथि नै छ ।
कमाउने मान्छे घरमा नभएपछि उनी अहिले बिलखबन्धमा छिन् । कसैले पैसा दिन्छन् । कसैले अन्न दिन्छन् त कसैले लत्ताकपडा र मासु दिन्छन् । यसैगरी त्यो परिवारको दैनिकी चलिरहेको छ । सधै गाउँलेले दिन सक्दैनन् । ‘ती बालबालिकालाई कसैले हेरिदिए केही राहत हुन्थ्यो,’ उनकी नन्द लक्ष्मी भन्छिन् ।
अहिले गाउँलेको सहारामा उनको परिवार पालिँदै आइएको छ । तर दीर्घकालसम्म ती बालबच्चाको पालनपोषण र शिक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छिमेकी लीला श्रेष्ठ बताउँछिन् ।
उनकै पहलमा सुत्केरीलाई केही ठाउँबाट आर्थिक सहयोग मिलेको भएपनि दीर्घकालीन स्रोत जुटेको छैन । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












