चर्को भाडादरले सर्वसाधारण मर्कामा
म्याग्दी, २९ फागुन । सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ ।
बेनीदेखि तीन किमी दूरीमा रहेको बेनी–अर्थुङ्गे सडकमा प्रतियात्रु रु १०० र सात किमी दूरीमा पर्ने पुलाचौर पुग्न रु १५० का दरले भाडा तिर्नुपर्छ । डाँडाखेत, अर्थुङ्गे र पुलाचौरमात्र होइन बेनीदेखि ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रा गर्दा यस्तै चर्को भाडा तिर्नुपर्ने बाध्यता छ म्याग्दीवासीलाई ।
बेनी–डाँडाखेत सडकमा चल्ने एउटा मात्र माइक्रोबस चढ्न भनेजति भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बुद्ध सार्कीले बताउनुभयो । “सडक भएपछि गाडी चढ्न मन लाग्छ”, सार्कीले भन्नुभयो – “तर महँगो भाडादरका कारण गरिब, विपन्न गाउँलेको ढाड सेकिएको छ ।”
मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन नहुनु, नियमनकारी निकायको बेवास्ता र व्यवसायीको मनोमानीका कारण सर्वसाधारण मर्कामा परेका हुन् । जिल्लाका धेरैजसो सडकमा व्यवसायीले आफूखुसी भाडा लिने गरेका छन् भने अनुगमनको अभावमा कायम भएको भाडादरसमेत कार्यान्वयन हुन सकेको छैन ।
भाडादर समायोजन र अनुगमन नहुँदा जिप, ट्याक्सी, माइक्रोबसमा यात्रा गर्दा महँगो भाडा तिर्न बाध्य भएको स्थानीय भीम तिलिजाले गुनासो गर्नुभयो । “सडक पुगेको ठाउँमा गाडीले सुविधा त दिएका छन् तर भाडादर चर्को हुँदा मर्का परेको छ”, तिलीजाले भन्नुभयो – “सम्बन्धित निकायले भाडा निर्धारण र कार्यान्वयनका लागि अनुगमन गर्नुपर्छ ।”
यातायात व्यवसायीले भने कच्ची र जीर्ण सडकका कारण देशका अन्य ठाउँको भन्दा म्याग्दीमा स्वाभाविक हिसाबले भाडादर बढी कायम भएको र प्रशासनले तोकेको भन्दा बढी भाडा नलिएको दाबी गरेका छन् ।
जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भाडादरको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर समायोजन गर्न पहल भइरहेको बताउनुभयो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












