सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । देशका बिभिन्न भागमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । भक्तपुर, गोरखा, कैलाली, पाल्पा, सुर्खेत र कास्कीमा दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको हो ।
भक्तपुर नगरपालिका–११ तौमडीमा बा६१प ६१८३ नम्बरको स्कुटर आइतबार अनियन्त्रित भई दुर्घटना हुदाँ स्कुटर चालक स्थानीय कोलाठे बस्ने २७ बर्षीय रत्नसुन्दर छिङगुतला घाइते भएका र उनको भक्तपुर अस्पतालमा मृत्यु भएको छ ।
गोरखाकोः पालुङटार नगरपालिका–१० पाण्डेथोक स्थित ग१त ३१९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाँउ बस्ने चितवन घर भएका ३० बर्षीय दिपक परियार गम्भीर घाइते भएकोले उपचारको लागि लक्ष्मी अस्पताल डुम्रे तनहुँ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी नगरपालिका–८ मनेहरा स्थित बा३ख १६३३ नम्बरको बसले से४प ६१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक उर्मा–४ का १८ बर्षीय दिपेन्द्र बुढा र मुकेस थापा गम्भीर घाइते भएकोमा उपचारको लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । उपचारका क्रममा दिपेन्द्र बुढाको मृत्यु भएको छ । गम्भीर घाइते मुकेस थापाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको छ ।
पाल्पाको कसेनी–७ सिरौलीधारा स्थित लु२५प ३४४७ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक तानसेन नगरपालिका–३ बस्ने २८ बर्षीय संजय बोहोराको घटनास्थलमानै मृत्यु भएको छ । दुर्घटनामा २७ बर्षीय बिबेक थापा गम्भीर घाइते छन् ।उनको मेडिकल कलेज लुम्बिनी प्रभासमा उपचार भइरहेको छ ।
यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका–११, सुर्खेत–नेपालगंज सडक खण्डमा ना४ख ४८६७ नम्बरको बस सडकबाट बाँया साईडमा पल्टिएर दुर्घटना हुँदा बाँके कोहलपुर नगरपालिका–२ बस्ने सहचालक २८ बर्षीय मानबहादुर बुढाको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । कास्कीको पोखरा–१७ डेबिडफल्स स्थित ग१ख ६९११ नम्बरको बसले पैदलयात्री पोखरा–६ लेकसाइड बस्ने ४० बर्षीय भरत गुरुङलाई ठक्कर दिँदा घाइते भएकोले उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












