समाचार प्रभाव : सत्र वर्षदेखि साङ्लोमा बाँधिएका चम्लागाईको निःशुल्क उपचार हुने
काठमाडौं । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका झापा राजगढ– ८ का लीलाप्रसाद चम्लागाईंको निःशुल्क उपचार हुने भएको छ ।
उनको उपचार विर्तामोडस्थित बिएन्डसी हस्पिटलले निःशुल्क गर्न लागेको हो । राष्ट्रिय समाचार समितिले फागुन ३० गते दिवा सेवामा साङ्लोमा बाँधिएका लीलाको तस्बिरसहितको समाचार प्रकाशनमा ल्याएपछि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले उनको उपचार निःशुल्क गर्ने घोषणा गर्दै आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीसहितको टोली चम्लागाईंको घरमा पुगेर उनको उद्धार गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रसार्इंले भन्नुभयो–“लीलाको उपचार म गर्छु, यस अस्पतालमा उनको उपचार सम्भव नभए विदेशमा लगेर पनि रोग निको पारेर मात्रै घर पठाउँछु ।”
लीलालाई आज नै अस्पताल भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ । अस्पतालका मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मासहितको चिकित्सकको टोलीले उनको उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो ।
लीलाको उद्धारका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप, सहायक प्रमुख जिल्ला अधिकारी तिवारी, महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत रेखनाथ दाहाल, सञ्चारकर्मी, प्रहरी, मानअधिकारकर्मीको टोली उनको निवासमा पुगेको थियो ।
आर्थिक अभावका कारण लीलाको उपचार गर्न नसकिएको भन्दै आमा जानुकाले छोराको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गर्नुभएको समाचार राससले प्रकाशनमा ल्याएको थियो ।
लीलाका चार दिदीबहिनी छन् । तीन जनाको विवाह भइसकेको र एकजना बहिनी कक्षा– ४ मा पढिछन् । जेठी श्रीमतीबाट छोरा नजन्मिएको भन्दै जानुकाका श्रीमान दुर्गा चम्लागाईले कान्छी श्रीमती नर्वदालाई २०५० सालमा भित्र्याएका थिए । लीला भने २०५४ सालमा जन्मिएका हुन् । उनी जन्मदै शारीरिक असक्त थिए ।
यता कान्छी श्रीमती नर्वदाका दुई छोरा र दुई छोरी छन् । पारिवारिक अवस्था कमजोर बनेपछि दुर्गा वैदेशिक रोजगारीको सिलसिललामा साउदी अरब गएको बताइएको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि लीला र कान्छी छोरीको रेखदेख आमा जानुकाले गर्दै आउनुभएको थियो ।
बिएन्डसीको सराहनीय कार्य– सहायक प्रमुख जिल्ला अधिकारी तिवारी
लीलाको उद्धारका लागि पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले बिएन्डसी अस्पतालको कार्य सराहनीय रहेको भन्दै अस्पताल सञ्चालकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले अस्पतालतको सो कार्यप्रति खुशी व्यक्त गर्दै–“राज्यस्तरबाट हुन नसकेको काम निजी क्षेत्रबाट भएको देख्न पाउँदा खुसी लाग्यो, म लीलाको उपचारका लागि तदारुकता देखाउने अस्पताल परिवार र कार्यकारी निर्देशक प्रसार्इंजीलाई धन्यवाद दिन चाहान्छु ।” रासस ९तस्बिर उपलब्ध छ ।
Comments
अरु समाचार
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












