समाचार प्रभाव : सत्र वर्षदेखि साङ्लोमा बाँधिएका चम्लागाईको निःशुल्क उपचार हुने
काठमाडौं । सत्र वर्षदेखि साङ्लोमा बाँधिएका झापा राजगढ– ८ का लीलाप्रसाद चम्लागाईंको निःशुल्क उपचार हुने भएको छ ।
उनको उपचार विर्तामोडस्थित बिएन्डसी हस्पिटलले निःशुल्क गर्न लागेको हो । राष्ट्रिय समाचार समितिले फागुन ३० गते दिवा सेवामा साङ्लोमा बाँधिएका लीलाको तस्बिरसहितको समाचार प्रकाशनमा ल्याएपछि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले उनको उपचार निःशुल्क गर्ने घोषणा गर्दै आज बिहान सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीसहितको टोली चम्लागाईंको घरमा पुगेर उनको उद्धार गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रसार्इंले भन्नुभयो–“लीलाको उपचार म गर्छु, यस अस्पतालमा उनको उपचार सम्भव नभए विदेशमा लगेर पनि रोग निको पारेर मात्रै घर पठाउँछु ।”
लीलालाई आज नै अस्पताल भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ । अस्पतालका मानसिक रोग विशेषज्ञ डा सन्दिप बर्मासहितको चिकित्सकको टोलीले उनको उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो ।
लीलाको उद्धारका लागि अस्पतालका कार्यकारी निर्देशक प्रसार्इं, मानसिक रोग विशेषज्ञ डा सन्दिप, सहायक प्रमुख जिल्ला अधिकारी तिवारी, महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत रेखनाथ दाहाल, सञ्चारकर्मी, प्रहरी, मानअधिकारकर्मीको टोली उनको निवासमा पुगेको थियो ।
आर्थिक अभावका कारण लीलाको उपचार गर्न नसकिएको भन्दै आमा जानुकाले छोराको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गर्नुभएको समाचार राससले प्रकाशनमा ल्याएको थियो ।
लीलाका चार दिदीबहिनी छन् । तीन जनाको विवाह भइसकेको र एकजना बहिनी कक्षा– ४ मा पढिछन् । जेठी श्रीमतीबाट छोरा नजन्मिएको भन्दै जानुकाका श्रीमान दुर्गा चम्लागाईले कान्छी श्रीमती नर्वदालाई २०५० सालमा भित्र्याएका थिए । लीला भने २०५४ सालमा जन्मिएका हुन् । उनी जन्मदै शारीरिक असक्त थिए ।
यता कान्छी श्रीमती नर्वदाका दुई छोरा र दुई छोरी छन् । पारिवारिक अवस्था कमजोर बनेपछि दुर्गा वैदेशिक रोजगारीको सिलसिललामा साउदी अरब गएको बताइएको छ ।
श्रीमान् वैदेशिक रोजगारीमा गएपछि लीला र कान्छी छोरीको रेखदेख आमा जानुकाले गर्दै आउनुभएको थियो ।
बिएन्डसीको सराहनीय कार्य– सहायक प्रमुख जिल्ला अधिकारी तिवारी
लीलाको उद्धारका लागि पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले बिएन्डसी अस्पतालको कार्य सराहनीय रहेको भन्दै अस्पताल सञ्चालकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले अस्पतालतको सो कार्यप्रति खुशी व्यक्त गर्दै–“राज्यस्तरबाट हुन नसकेको काम निजी क्षेत्रबाट भएको देख्न पाउँदा खुसी लाग्यो, म लीलाको उपचारका लागि तदारुकता देखाउने अस्पताल परिवार र कार्यकारी निर्देशक प्रसार्इंजीलाई धन्यवाद दिन चाहान्छु ।” रासस ९तस्बिर उपलब्ध छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












