सेनाले ५० मेगावाटको दूधखोला जलविद्युत बनाउने
काठमाडौं । नेपाली सेनाले ५० मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण गर्न चासो देखाएको छ । सैनिक मुख्यालयले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको हो । रक्षाका अधिकारीका अनुसार सेनाको चासो मनाङको ठोचेमा प्रस्तावित दूधखोला आयोजना हो । सरकारले सर्भे लाइसेन्स दिए दूधखोलालाई सेनाको पहिलो आयोजना रुपमा अघि बढाउने गृहकार्य गरेको छ ।
दूधखोलाबाट ५० मेगावाट बिजुली उत्पादन गर्ने भन्दै हिमालयन ऊर्जा विकास कम्पनीले सर्भे लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।
सीता हाइड्रोपावर कम्पनीले २५ मेगावाट बिजुली निकाल्ने गरी सर्भे अनुमति मागेको छ । तर, यो खोलाका लागि अध्ययन अनुमति पत्र अहिलेसम्म जारी गरिएको छैन । अब सेनाले पनि यही आयोजनामा चासो देखाएपछि सम्भवतः सेनाले नै यो आयोजनाको निर्माण गर्नेछ ।
सेनाको कल्याणकारी कोषमा करिव ३२ अर्ब रुपैयाँ थन्किएको छ । सेना उक्त रकमबाट आयमूलक काममा लगानी गर्न तयार रहेको हो । उसले सेनाका लागि आवश्यक पर्ने कपडादेखि प्रशोधित पानी प्लाण्ट निर्माणमा पनि प्रकृया अघि बढाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












