ट्याक्सीमा छुटेको ६ तोला सुन फिर्ता
काठमाडौं । ट्राफिक प्रहरीले ट्याक्सीमा छुटेको ६ तोला सुन र केही चाँदी खोजतलास गर्दै सम्बन्धित धनीलाई बुझाएको छ । गत फागुन १ मा काठमाडौंको सोल्टीदोबाटोबाट किर्तिपुरसम्म जाने क्रममा नम्वर नखुलेको सेतो भाडा ट्याक्सीमा सुनका गरगहना सहितको झोला छुटेको थियो । अमिरा खड्काको उक्त झोला ट्याक्सीको हुलियाका आधारमा ट्राफिक प्रहरीले खोजतलास ग¥यो । गत फागुन ३० मा बा१ज ८९३१ नम्बरको ट्याक्सी चालक दोलखाको सुस्पाक्षेमावती–६ का ३० को कृष्णबहादुर थामीका साथबाट झोला र सुन फेला परेको हो । प्रहरीका अनुसार सुनको तिलहरी, न्याक्लेस, सिक्री र झुम्कासमेत ६ तोला र११ तेला चाँदी थामीका साथबाट बरामद भएको छ । थामीले यसअघि पनि ट्याक्सीमा छुटेका सामान फिर्ता नगरेको प्रहरीले जनाएको छ । यसरी नै रमेश पौडेलको त्यही ट्याक्सीमा छुटेका ल्यापटप, मोवाइल र महत्वपूर्ण कागजात पौडेललाई फिर्ता दिएको छ ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...











