बैंकमा जागीर गर्न ईच्छा छ भने अपनाउनुहोस् यी विधि

कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् ।
शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्के्टिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सीए गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ ।
अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त रु अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्न्सिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्न्सिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ ।
भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् ।
कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ ‘अंग्रेजी, नेपाली’, बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् ।
अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ ।
बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











