बैंकमा जागीर गर्न ईच्छा छ भने अपनाउनुहोस् यी विधि

कुनै पनि कम्पनीले कर्मचारी छनौट गर्दा कम्पनीको उद्देश्य र आवश्यकतामा ध्यान दिन्छ । कम्पनीको उद्देश्य पूरा गर्न सक्ने, शैक्षिक योग्यता र अनुभवी व्यक्ति कम्पनीको पहिलो प्राथमिकतामा पर्छ । त्यस्तै कम्प्युटर, ड्राइभिङका साथै कम्पनीले खोजेको विषयसम्बन्धी जानकार व्यक्ति रोजाइमा पर्छन् । कतिपय अवस्थामा शैक्षिक योग्यता भन्दा पनि व्यवहारिक सक्षमता हेरेर कर्मचारी नियुक्त गरिन्छ । विभिन्न कम्पनीका आफ्नै नीतिनियम हुन्छन् । कर्मचारीले सम्बन्धित कम्पनीको नीतिनियमभित्र रहेर काम गर्नुपर्छ । बैंकिङ क्षेत्रमा जागीर गर्नका लागि पनि आधारभूत योग्यताहरु लगभग उस्तै हुन् । शैक्षिक योग्यता, अनुभव, कार्यशैली यो सबै कुराहरु बैंकिङ क्षेत्रमा जागीर गर्दा पनि हेरिन्छ । बैंकमा पनि जागीर खाने विभिन्न पदहरु हुन्छन् । समग्रमा, बैंकिङ क्षेत्रमा करिअर बनाउन यस्ता योग्यताहरु आवश्यक पर्दछन् ।
शैक्षिक योग्यता
विशेषगरी, बैंकिङ क्षेत्रमा प्रवेश गर्न व्यवस्थापन संकायमा अध्ययन गरेको हुनुपर्छ । यो अध्ययनले आर्थिक तथा वित्तीय प्रणालीको बारेमा जानकारी गराउँछ । बीबीए तथा बीबीएस गरेकाहरुको माग यो क्षेत्रमा बढी हुने गर्दछ । अर्थशास्त्र, फाइनान्स, मार्के्टिङ, विजनेस एडमिनिस्ट्रेसन लगायतका विषयमा स्नातक तथा स्नातकोत्तर उतीर्ण गरेकाहरुको माग बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स कम्पनी लगायतमा भइरहेको हुन्छ । त्यस्तै, पछिल्लो समय फेसन जस्तै बनिसकेको विषय हो, सीए । सीए गर्नेहरुलाई अहिले नेपालमा राम्रो स्कोप छ । सी गर्नेहरुले पनि जागीर गर्ने बैंकिङ क्षेत्रमै हो । साथमा पुँजी बजारसम्बन्धी कुनै पनि कम्पनीमा सीएको आवश्यकता हुने गर्दछ । यसबाहेक, पदअनुसारका योग्यता हरु खोजिन्छन् । जस्तै, बैंकलाई लिगल अफिसर चाहिएको हुन सक्छ । यसका लागि कानुन विषय अध्ययन गरेको हुनुपर्छ । त्यस्तै, कुनै बैंकलाई आईटी अफिसर चाहिएको हुन सक्छ । यसका लागि आईटी पढेको हुनुपर्छ ।
अनुभव तथा तालिम
बैंकिङ क्षेत्र जनताको पैसाको कारोबार गर्ने क्षेत्र भएकाले निकै नै संवेदनशील मानिन्छ । त्यसैले, कर्मचारी नियुक्तिको विषयमा यो क्षेत्रमा अलि कडाइ गरिन्छ । शैक्षिक योग्यता सँगसँगै अनुभव तथा तालिमहरु पनि माग गरिन्छ । विशेषतः मेनेजर, अफिसर जस्ता ठूला पदमा त अनुभव अनिवार्य नै हुन्छ । अब, अनुभव चाहिँ कहाँबाट लिने त रु अनुभव लिनका लागि तपाईँले कुनै पनि बैंकमा इन्टर्न्सिप गर्नुहोस्, अथवा सामान्य पदबाट जागीर सुरु गर्नुहोस् । यसबाट तपाईँलाई बैंकिङसम्बन्धी जानकारी प्राप्त हुन्छ । अनि, बैंकिङ करिअर बनाउन ठूलो सहयोग पुग्छ । यसबाहेक, बैंकहरुले आफ्ुना कर्मचारीहरुका लागि बेलाबेलामा तालिम पनि दिइरहेका छन् । त्यसैले, इन्टर्न्सिपबाटै भएपनि आफूमा क्षमताको विकास गर्नुहोस् । बैंकहरुले प्रशिक्षार्थी कर्मचारीको रुपमा बेलाबेलामा दरखास्त आह्वान गरिरहेका हुन्छन् । यस्तै बेलामा यो क्षेत्रमा छिर्नुभयो भने तपाईँलाई बैंकिङ करिअर बनाउन पक्कै सहज हुन्छ ।
भाषासम्बन्धी ज्ञान
कर्मचारी आवश्यकतासम्बन्धी जुन विज्ञापन हेर्नुस्, सबैमा अंग्रेजी तथा नेपाली भाषामा दखलता भएको हुनुपर्ने भन्ने वाक्यांश पाउनुहुन्छ । पछिल्लो समयमा त झन् अंग्रेजी भाषा निकै नै हाबी बन्दै गइरहेको छ । यस अनुसार, तपाईँले आफूलाई पनि तयार बनाउनुस् । नेपाली र अंग्रेजी दुबै भाषा पढ्न, लेख्न र बोल्नमा आफूलाई दक्ष बनाउनुस् ।
कम्युटरसम्बन्धी ज्ञान
कम्प्युटरसम्बन्धी धेरै नभएपनि आधारभूत ज्ञान भएको हुनु पनि अनिवार्य नै हो । बैंकमा मात्र हैन हरेक क्षेत्रमा जागीर गर्दा यो क्षमता हुनु जरुरी छ । जागीर नै नगरेपनि यो सीप खेर जाँदैन । त्यसैले, खाली समयमा कम्प्युटर तालिम लिनुहोस् । फेसबुक या युटुवका लागि मात्र कम्प्युटरको प्रयोग नगरेर टाइपिङ ‘अंग्रेजी, नेपाली’, बैंकिङ सफ्टवेर, पावरपइन्ट, एक्सेलजस्ता कुराहरु चलाउन जान्ने बन्नुहोस् ।
अन्तक्र्रियात्मक क्षमता
बैंकले जारी गरेको कर्मचारी आह्वानसम्बन्धी हरेक विज्ञापनमा सँधै अटाउने अर्को वाक्यांश हो एक्सिलेन्ट कम्युनिकेसन स्किल, अर्थात उत्कृष्ट अन्तक्र्रियात्मक क्षमता । ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाको बारेमा राम्ररी बुझाउन सक्ने र ग्राहकको जिज्ञासालाई तुरुन्तै मेटाउन सक्ने क्षमता एउटा कर्मचारीमा हुनुरु जरुरी छ । यसका लागि पुनः कुरा आउँछ, सम्बन्धित क्षेत्रसम्बन्धी ज्ञानको । हामीसँग ज्ञान छ भने पक्कै पनि बोल्नको लागि धेरै कुरा हुन्छ, र अरुलाई बुझाउन पनि सहज हुन्छ । तर, ज्ञान हुनेवित्तीकै सबैले अरुलाई बुझाउन सक्छन् भन्ने छैन । यसका लागि आफूले जानेको कुरा राम्रोसँग अरुको अगाडी राख्न सक्ने हुनुपर्छ ।
बैंकमा जागीर गर्ने सोचमा हुनुहुन्छ भने बैंक तथा पदका लागि आवश्यक योग्यताहरु त छँदैछन्, यसका अलावा माथि उल्लेखित योग्यताहरु पनि तपाईँमा भयो भने तपाईँको बैंकिङ भविष्य एकदमै उज्वल छ, यसमा दुईमत छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












