भोलिबाट सुरु हुने एसइई परीक्षाको तयारी पूरा
न्युज–नेपाल संवाददाता/भक्तपुर, २ चैत । परीक्षा नियन्त्रक कार्यालयले बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परिषद्को परिक्षाको तयारी पूरा भएको जनाएको छ । रफत सञ्चार क्लवमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भोलिबाट सुरु हुने परिक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले माध्यमिक शिक्षा परिषद (एसइई) परिक्षाको प्रक्रिया गत वर्षको जस्तै भएको बताउँदै यो वर्षको परिक्षा पनि लेटर गेटिङ प्रणलीमा हुने बताए ।
राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परीक्षा बोर्डको संरचना तयार भई नसक्दा परीक्षा नियन्त्रक कार्यालयले परिक्षाको सम्पूर्ण तयारी गरेको नियन्त्रक रेग्मीले जानकारी दिए । परीक्षामा देशभर १९ सय २३ वटा परिक्षा केन्द्र तोकिएको उनले बताए । जिल्लामा परिक्षा समन्वय समितिले निर्धारण गरेको आधारमा परिक्षा केन्द्र तय गरेको बताउँदै उनले केन्द्रमध्ये काठमाडौंमा सबैभन्दा बढी ९६ वटा केन्द्र र मनाङ र मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र रहेको जानकारी दिए । उनले १ सय ५० परिक्षार्थी भएको केन्द्रमा सहायक निरीक्षक थप गर्दै लगिएको र जम्मा २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष भएको बताए ।
उनले परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी सामेल रहेको बताउँदै देशभर १ हजार ९ सय २३ परिक्षा केन्द्र, २ हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४ सय ६१ निरीक्षक, ११ हजार ७ सय १६ सहयोगी र २८ हजार ८ सय ४५ सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।
उनले २५ परिक्षार्थीमा एक निरीक्षक रहने गरी परिक्षाको तयारी गरिएको बताउँदै सबै केन्द्रमा केन्द्राध्यक्ष नियुक्तिदेखि सुरक्षा ब्यवस्था मिलाइसकेको बताए । परीक्षा बिहीबारबाट सुरु भई आगामी १४ गतेसम्म चल्लेछ ।
उपनियन्त्रक डिल्लीराम लुँइलेटलले सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो । शिक्षा ऐन कार्यान्वयनमा आएपछि शिक्षा मन्त्रालयले १२ कक्षापछि मात्र एसएलसी परिक्षा लिने भएपछि यस वर्षदेखि माध्यमिक शिक्षा परिषद्को खासै प्रचार भएको देखिन्न् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












