गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा
रोल्पा, ४ चैत । गाउँपालिका कार्यालय उद्घाटन गर्न भनि रोल्पाको सदरमुकाम लिवाङबाट जुगार जान हिँडेका त्रिवेणी गाउँपालिकाका कार्यकारी प्रमुखसहित तीन जनालाई असन्तुष्ट स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा आजै बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२/१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।
बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र ‘जुगार की त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ ।
असन्तुष्टको विरोधका बाबजुद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने आजैबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा डीजन भट्टराईले जानकारी दिनुभयो ।
सुरुमा असामान्य अवस्था जस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भन्नुभयो — अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












