कैदीबन्दीले गरे सहारनीय काम, सहिद गौतम परिवारलाई रु २५ हजार सहयोग
भीमदत्तनगर, ८ चैत । दुई साताअघि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप रु २५ हजार प्रदान गरेका छन् ।
कञ्चनपुर कारागारमा पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका सहिद गौतमको सम्मानस्वरुप परिवारलाई रु २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम चापागाईंको उपचारका लागि रु आठ हजार चार सय १४ प्रदान गरेका हुन् ।
कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टलाई उक्त रकम प्रदान गरेका हुन् । “कैदीबन्दीलाई राज्यले दिएको खानाले पेटसमेत भर्न गाह्रो छ, ‘नाइके जोशीले भने, “तर पनि सामाजिक उत्तरदायित्व ठानेर कैदीबन्दीले रकम सङ्कलन गरी हस्तान्तरण गरे । माटो बचाउन लडेका गौतमको सम्मानका लागि हामीहरुले खानाखर्चबाट रकम कटाएर रु २५ हजार दिएका हौँ । रकमभन्दा पनि कैदीबन्दीले उहाँप्रति सम्मान व्यक्त गरेका हुन् ।”
कञ्चनपुरका कैदीबन्दीले सो घटनामा भारतले माफी माग्नाका साथै उचित क्षतिपूर्ति, सहिद परिवारलाई दिनुपर्ने मागसमेत गरेका छन् । रकम बुझ्दै कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले उक्त रकम परिवारलाई बुझाउन प्रजिअलाई हस्तान्तरण गरिने बताए । कल्भर्ट निर्माणका विषयलाई लिएर आनन्द बजारमा नेपाली पक्षमाथि गोली चलाउँदा गत फागुन २६ गते गौतमको निधन भएको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












