कैदीबन्दीले गरे सहारनीय काम, सहिद गौतम परिवारलाई रु २५ हजार सहयोग
भीमदत्तनगर, ८ चैत । दुई साताअघि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर सहादत प्राप्त गरेका गोविन्द गौतमको परिवारलाई कञ्चनपुर कारागारका कैदीबन्दीले सहयोगस्वरुप रु २५ हजार प्रदान गरेका छन् ।
कञ्चनपुर कारागारमा पत्रकार सम्मेलन गरी कैदीबन्दीले कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका सहिद गौतमको सम्मानस्वरुप परिवारलाई रु २५ हजार र सोही आक्रमणमा परी घाइते भएका टीकाराम चापागाईंको उपचारका लागि रु आठ हजार चार सय १४ प्रदान गरेका हुन् ।
कैदीबन्दीका तर्फबाट नाइके टेकराज जोशीले कारागार कार्यालयका प्रमुख श्यामराज भट्टलाई उक्त रकम प्रदान गरेका हुन् । “कैदीबन्दीलाई राज्यले दिएको खानाले पेटसमेत भर्न गाह्रो छ, ‘नाइके जोशीले भने, “तर पनि सामाजिक उत्तरदायित्व ठानेर कैदीबन्दीले रकम सङ्कलन गरी हस्तान्तरण गरे । माटो बचाउन लडेका गौतमको सम्मानका लागि हामीहरुले खानाखर्चबाट रकम कटाएर रु २५ हजार दिएका हौँ । रकमभन्दा पनि कैदीबन्दीले उहाँप्रति सम्मान व्यक्त गरेका हुन् ।”
कञ्चनपुरका कैदीबन्दीले सो घटनामा भारतले माफी माग्नाका साथै उचित क्षतिपूर्ति, सहिद परिवारलाई दिनुपर्ने मागसमेत गरेका छन् । रकम बुझ्दै कारागार कार्यालयका प्रमुख श्यामराज भट्टले उक्त रकम परिवारलाई बुझाउन प्रजिअलाई हस्तान्तरण गरिने बताए । कल्भर्ट निर्माणका विषयलाई लिएर आनन्द बजारमा नेपाली पक्षमाथि गोली चलाउँदा गत फागुन २६ गते गौतमको निधन भएको थियो ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...











