उच्च बस्तीमा खानेपानीको चरम सङ्कट
सल्यान, ८ चैत । जिल्लाका उच्च स्थानमा रहेका बस्तीमा पानीको चरम सङ्कट देखिएको छ ।
पानीका मुहान सुक्दै जाने र पर्याप्त पानीसमेत नपरेपछि पानीको सङ्कट देखिएको हो । निगाल्चुला, कुपिण्डे, लक्ष्मीपुर गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् ।
कालीमाटी गाउँपालिकाका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय गोविन्द डाँगीले बताउनुभयो । “पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ,” उहाँले भन्नुभयो ।
अभाव भएपछि तीन घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको निगाल्चुला– ९ का प्रेमबहादुर पुन बताउनुहुन्छ । “दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात/आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उहाँले भन्नुभयो । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।
आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाउनुभयो । पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् ।
यस्तै लक्ष्मीपुरकोट र आरुचौरमा समेत खानेपानीको चरम अभाव छ । पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताउनुभयो । पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् । “गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भन्नुभयो । खानेपानी अभावसँगै विद्यालयमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएका छन् । खानेपानीबाट यस क्षेत्रका करिब एक हजार घरधुरी प्रभावित भएका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












