विरोधका कारण गाउँपालिकाको काम सुरु भएन
सोलुखुम्बु, । स्थानीय निकायको पुनर्संरचना गर्दा साबिकको तिंला गाविसवासीको भावना विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै साबिकको तिंलावासीले विरोध गर्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको कार्य सञ्चालन अझै सुरु हुन सकेको छैन ।
तिंला गाविसलाई साबिकको दूधकुण्ड नगरपालिकामा समेटनुपर्ने वा स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग गर्दै आएका तिंलावासीले स्थानीय निकाय कार्यान्वयनमा आउँदा तिंलालाई नेचासल्यान गाउँपालिकामा समेटेको भन्दै विरोध गरेका हुन् । गत आइतबार नेचासल्यान गाउँपालिकाको कार्यालय उद्घाटन तथा कार्य सुरु गर्न सदरमुकामबाट त्यसतर्फ गएको कर्मचारीको टोलीलाई तिंलावासीले बाटोबाटै नियन्त्रणमा लिई सदरमुकाम नै फिर्ता गरेपछि अहिले नेचसल्यान गाउँपालिकाको सबै काम ठप्प छ ।
तिंला गाविसवासीले सङ्घर्ष समिति गठन गर्दै साबिकको तिंला गाविसको भवनमा तिंला स्वायत्त गाउँपालिका लेखिएको बोर्ड राखी आन्दोलन सुरु गरेका छन् । आफूहरुलाई दूधकुण्ड नगरपालिकामा समेट्नुपर्ने वा तिंला स्वायत्त गाउँपालिका घोषणा गर्नुपर्ने माग पूरा नभए सशक्त आन्दोलन गर्ने सङ्घर्ष समितिका संयोजक बालकुमार कार्कीले वताए ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले आन्दोलनरत पक्षको माग स्थानीय विकास मन्त्रालयमा जानकारी गराइएको भन्दै नेचासल्यान गाउँपालिकामा चाँडै कर्मचारी पठाएर काम सुरु गर्ने वताए ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












