परिमार्जन सहित ‘कर्म’ को दोस्रो संस्करण बजारमा
काठमाडौं । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित ‘कर्मः सिकाइमा गहिरिएको खाडल’ पुस्तकको दोस्रो संस्करण प्रकाशित गरिएको छ । पुस्तक प्रकाशन भएको ६ महिनामै दोस्रो संस्करण प्रकाशित गरिएको हो ।
पुस्तकको दोस्रो संस्करण प्रकाशित हुनुको कारण वताउँदै न्यौपानेले भने, ‘बालबालिकालाई समाजले चासो राखेको छ । सोही कारण पुस्तक सबैले मन पराए । ’ उनले पछिल्लो समयमा समाजले बालबालबालिकाको आवाज सुन्न र उनीहरुलाई बुझ्न थालेको पनि बताए ।
पुस्तकमा पहिलो संस्करणमा देखिएका कमीकमजोरी सच्याईएको छ । ‘बालमैत्री समाज’ नयाँ अध्याय थप गरिएको छ । पुस्तकमा लगभग ६० पेज थपिएको लेखक तथा पत्रकार न्यौपानेले जानकरी दिए ।
पहिलो संस्करण प्रकाशित भएको छोटो समयमानै बजारमा पुस्तक सकियो । त्यसपछि दोस्रो संस्करण प्रकाशित गर्ने तयारी भयो न्यौपानेले भने, ‘दोस्रो संस्करणका लागि पुस्तक माघमै तयार भएको थियो तर छापिन ढिला भयो ।’
बालबालिकालाई लक्षित गरेर लेखिएको यो पुस्तक बालबालिकासँग सम्बन्धित रही सेवा गर्दै आएकाहरुको वृत्तमा बढी चर्चामा छ । विषय बालबालिकाको भए पनि अभिभावक र शिक्षकका लागि आफ्नो अनुभव, भ्रमण र प्रत्यक्ष भेटघाटका घटनाहरुलाई उनेर कर्म तयार पारिएको लेखक न्यौपानेले बताए । बालबालिका हेपिएका वर्ग भएको र तिनको स्वरलाई बुलन्द पार्न किताब लेखिएको न्यौपानेको भनाई छ । उक्त पुस्तक स्वदेश प्रकाशनले नै प्रकाशित गरेको हो ।
त्यस्तै पत्रकार न्यौपानेको ‘कर्म’ दोस्रो कृति हो । उनको पहिलो कृति ‘एम्बुसमा ६ बर्ष’ हो । शसस्त्र द्वन्द्वकालमा लेखिएको उक्त पुस्तक पत्रकारिताका विद्यार्थी र पत्रकारले रुचाएका छन् ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A6%E0%A4%BE%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%B0-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%AA%E0%A4%BE%E0%A4%A8%E0%A5%87/
http://news-nepal.com/%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%AE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9C%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%A3/
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












