पहिले सातो लिने रोल्पा प्रहरी अहिले जनताको साथी
रोल्पा । “पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ, रोल्पा प्रहरी” कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो ।
दशवर्षे सशस्त्र युद्धका बेला प्रहरीको नाम लिँदा रोकाको सातो जान्थ्यो, किनकी उहाँका २२ वर्षीय निर्दाेष छोरालाई युद्धकै समयमा गस्तीमा हिँडेको प्रहरीले अनाहकमा जेल हालेको थियो ।
भर्खरै विवाह गरेको छोरो जेल परेपछि नयाँ बुहारी तथा बुहारीका आफन्त र परिवारलाई निकै कष्ट सहनुपरेको थियो । यसरी जेल हालेको छोरालाई प्रहरीले लामो सयमसम्म थुनामा राखेर यातना समेत दिएको उहाँको भनाइ छ ।
यतिमात्र होइन उहाँका देवरको छोरालाई माओवादीको आरोपमा प्रहरीले हत्या गरेको थियो जसका कारण प्रहरी भन्ने बित्तिकै रोकालाई घृणा उत्पन्न हुन्थ्यो ।
तर रोकाका अनुसार अहिले दिन फेरिएका छन्, अहिलेको प्रहरीले जनतालाई दुःख, कष्ट होइन शान्ति सुरक्षा दिन्छ, न्याय दिन्छ, र त जनताको साथी बनेको छ प्रहरी । आफ्नै भाइ सन्तानको घरमा भाडामा प्रहरी चौकी बसेपछि थप सुरक्षाको अनुभूति हुँदैछ रोका परिवारलाई ।
रोका जस्तै गैरीगाउँ–९ रोल्पाका होटल व्यवसायी मानबहादुर डाँगीलाई अहिलेको प्रहरी साथी जस्तो लाग्छ । उहाँको होटेलमा प्रहरी आउँदा, खाना खाँदा, बस्दा थप सुरक्षाको अनुभूति हुन्छ । तर उहाँलाई पनि एकताका प्रहरीभन्दा मन चिसो हुन्थ्यो, कताकता मुटुमा कम्पन हुन्थ्यो । प्रहरी भन्ने शब्दसँगै गोला, बारुद र बन्दुक पर्यायवाची शब्द बनेर सँगसँगै गाँसिन्थ्यो ।
यस्तै, भाबाङ–८ रोल्पाकी विष्णु घर्तीमगरलाई पनि युद्धका बेला प्रहरीले आफूलाई दुःख दिन्छन् कि, मार्छन् कि भन्ने चिन्ताले सताउँथ्यो । यसकारण उहाँले प्रहरी पेसामा संलग्न रहेका श्रीमान्लाई जागिर छोड्न लगाउनु भयो । समाजमा सबैले प्रहरीलाई नकारात्मक दृष्टिकोणले हेर्न थालेपछि उहाँलाई प्रहरीप्रति वितृष्णा उत्पन्न भएको थियो ।
उहाँका आफन्तलाई प्रहरीले दुःख नदिएको भए पनि गाउँ समाजमा पछिल्ला दिनमा प्रहरी भन्दा मन खिन्न हुन्थ्यो, कहिलेकाहीँ त प्रहरीसँग विवाह गरेकोमा पछुतो पनि हुन्थ्यो । श्रीमान् प्रहरी जागिर छोडेर घर फर्किएपछि मात्र उहाँलाई केही सहजताको अनुभूति हुन थाल्यो । तर अहिले प्रहरीप्रति उहाँको धारणा फेरिएको छ ।
अब त प्रहरीले अन्यायमा परेका जनतालाई न्याय दिन्छ भन्ने कुरा उहाँले राम्ररी बुझ्नु भएको छ । जनतासँग प्रहरी हातेमालो गरेर हिँड्न सकेमात्र समाजमा शान्ति सुरक्षामा थप टेवा पुग्ने उहाँको धारणा छ । उहाँका अनुसार कुनै बेला चिनेका प्रहरीले पनि जनतालाई दुःख दिन्थे भने आज नचिनेका प्रहरी पनि जनताका सहयोगी वा साथी बनेका छन् ।
यस्तै, भाबाङ स्थायी ठेगाना भई लिबाङ–६ रोल्पामा बस्दै आउनुभएकी ७३ वर्षीया नौमती रोकालाई पनि युद्धका बेला प्रहरीले जनतालाई मार्छन् होला, खान्छन् होला भन्ने लाग्थ्यो । घर, धारा, पँधेरा, घाँसदाउरा जाँदा पनि प्रहरीले सिध्याउने भए जस्तो लाग्थ्यो तर पछिल्ला दिनमा उहाँलाई प्रहरी आफ्नै नातेदार हो जस्तो लाग्न थालेको छ । सङ्घीयताका नाउँमा अरु सबै हटे पनि प्रहरी हटाइनु हुँदैन, उहाँ भन्नुहुन्छ ।
यस्तै, कोर्चाबाङ–५ रोल्पाकी पामु पुन युद्धका बेला प्रहरीले दुःख दिएको स्मरण गर्दै भन्नुहुन्छ, “प्रहरी भन्ने जातै नराम्रो लाग्थ्यो”, खै त्यसबेला किन दुःख दिए प्रहरीले ? अहिले त दाइभाइ जस्तै व्यवहार गर्छन् । जमाना नै त्यस्तै हो कि भन्ने उहाँको मानसिकता बनिसकेको छ ।
यस्तै, जङ्कोट–२ रोल्पाकी प्रेमा पुनमगरलाई पनि युद्धका बेला प्रहरी गाउँको हिंसक प्राणी जस्तो लाग्थ्यो । तर अहिले उहाँले राम्ररी बुझ्नु भएको छ । त्यसबेलाको प्रहरी बाध्यताले त्यस्तो कठोर बनेका रहेछन् भन्ने लाग्छ उहाँलाई । “हिजो सरकार र माओवादी लखेटालखेट गरे आज नङ र मासु जस्तै बनेका छन्, दुवै पक्षले जनतालाई अचानो बनाएको उहाँको आरोप छ । प्रहरी नरभक्षक होइन देश रक्षक हो, अब त प्रहरी बिना देश चल्दैन जस्तो देखिन्छ” उहाँले भन्नुभयो ।
यस्तै, युद्धकै समयमा जन्मिएका प्यूठानका नारायणप्रसाद सुवेदी हाल लिबाङ–६ रोल्पामा फेन्सी पसल सञ्चालन गरेर बस्दै आउनुभएको छ । उहाँलाई पनि अग्रजले प्रहरीका बारेमा नराम्रा कुरा नै सुनाएका छन् ।
युद्धका बेला प्रहरीले धेरै जनताको अनाहकमा ज्यान लिए भन्ने सुवेदीको बुझाइ बनेको छ । तर उहाँको हालको भोगाइ अनुसार प्रहरी अहोरात्र आफ्नो सेवामा खटिरहेको छ । प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नुको साथै जनतालाई साथीको रुपमा सहयोग गर्दै आएको उहाँको भनाइ छ ।
हिजो के भयो भन्ने कुराभन्दा आज के भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हुने हुँदा अतित बिर्सनुपर्नेमा रोल्पाली जनताको जोड छ । जिल्लाका पछिल्ला गतिविधि हेर्दा अन्यायमा परेका रोल्पाली नागरिकले प्रहरीबाट न्याय पाएको अनुभूति गरिरहेका छन् ।
प्रहरीले पीडितलाई न्याय दिन्छ भन्ने बुझाइ बनेपछि जिल्ला प्रहरी कार्यालय रोल्पामा विभिन्न क्षेत्रबाट अन्यायमा परेका पीडित न्यायका लागि आउन थालेका छन् । प्रहरीले कहिले ‘जनताको साथी प्रहरी’ त कहिले ‘मुस्कान सहितको सेवा’ अभियान थालेपछि जनता र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको अधिकारकर्मीको भनाइ छ । रासस
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












