भारतीय पक्षले निमार्ण गरेको कुलो सशस्त्र प्रहरीले पुर्न लगायो
गुलरिया । बर्दियाको मधुवन नगरपालिका ५ मा दशगजा मिचेर भारतीय पक्षले निमार्ण गरेको कुलो सशस्त्र प्रहरीले पुर्न लगाएको छ ।
भारतीय वन विभागका कर्मचारीहरुले खनेको कुलो नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सानोश्रीले पुर्न लगाएको हो ।
कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । दशगजा मिचेर कुलो खनिएपछि विवाद भएको थियो ।
‘उनीहरुले खनेको भूभाग भारतमा पर्ने दाबी गरेका थिए,’ प्रहरी निरीक्षक भुपेन्द्र पालले भने, ‘सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हौं ।’
कुलो खनिएको खबर पाएलगत्तै प्रहरी निरीक्षक पाल नेतृत्वको सशस्त्र प्रहरी टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिविधि गर्न नपाउने भन्दै रोकेको हो । अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र कुनै पनि गतिविधि गर्न रोक लगाएको छ ।
यसअघि कञ्चनपुरको पुनर्वास नगरपालिका ८ आनन्दबजार क्षेत्रमा पर्ने नेपाल (भारत सीमामा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि गोविन्द गौतमको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












