पूर्वाधार नबन्दा स्वर्गद्वारी पुग्ने भक्तजन समस्यामा
प्यूठान । पूर्वाधारको उचित व्यवस्था नहुँदा स्वर्गद्वारी तपोभूमि क्षेत्रको दर्शन गर्न जाने स्वदेशी तथा विदेशी भक्तजन समस्यामा पर्ने गरेका छन् ।
स्वर्गद्वारी क्षेत्रमा जाने भक्तजन तथा श्रद्धालुका लागि आवास, यातायात तथा पूजा प्रसादको उपलब्धतालगायतका समस्या लामो समयदेखि हुँदै आए पनि त्यसको पूर्ति गर्नेतर्फ पहल नहुँदा त्यहाँ जाने भक्तजन समस्यामा पर्ने गरेका हुन् ।
आश्रम वरपरका क्षेत्रमा आश्रमगुठीले होटल तथा अन्य सुविधाका पसलहरु खोल्न नदिँदा समस्या दिनप्रतिदिन बढ्दै गएको छ भने भक्तजनले ठूलो आर्थिक क्षति बेहोर्नुपरिरहेको छ । अहिले फूल प्रसाद किन्न मन्दिर परिसरमा मन्दिर व्यवस्थापनले सञ्चालन गर्दै आएको एउटा मात्रै पसल सञ्चालन हुँदै आएको छ ।
यसैगरी, भिङ्ग्री बजारदेखि आश्रमसम्म पुग्ने १३ किलोमिटर कच्ची बाटो पक्की नबन्दा भक्तजनले लामो सास्ती बहोर्नुपरिरहेको होटल व्यवसायी दधिराम भण्डारीले जानकारी दिनुभयो । ऐतिहासिक महत्व बोकेको उक्त ठाउँको बाटो पक्की नबन्नु दुखद् भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “बर्सेनि लाखौँ बजेट उक्त बाटोका लागि छुट्टिन्छ । सडक भने जस्ताको तस्तै छ । भक्तजनले दुःख पाएको पायै छन् ।”
बाटो मात्र होइन, आश्रमस्थल वरपर होटल नहुँदा बेलुका मन्दिर पुग्ने भक्तजन झनै समस्यामा पर्ने गरेका छन् । ती भक्तजनको बास मन्दिर परिसरको धर्मशालामा र खाना मन्दिरले नै व्यवस्था गरेको सामूहिक भोजनगृहमा हुँदै आएको छ । त्यसमा मन्दिरले तोकेको शुल्क तिर्नुपर्ने हुन्छ ।
स्थानीय व्यवसायीले सुविधा सम्पन्न होटल तथा लज बनाएर स्वदेशी÷विदेशी पर्यटकलाई सुविधा दिन आफूहरू तयार रहेको जनाए पनि मन्दिर व्यवस्थापनले त्यसलाई अस्वीकार गर्दै मन्दिर आसपास होटल सञ्चालन गर्न अनुमति दिएको छैन । आसपासका सबै जग्गाजमिन स्वर्गद्वारी गुठीकै नाममा छ ।
पर्यटन व्यवसायलाई केवल व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक तथा धार्मिक सेवाका लागि पनि आफूहरूले उपयोग गर्न चाहेको व्यवसायीहरु बताउँछन् । यहाँ सांस्कृतिक सम्पदाको जगेर्ना र भौतिक संरचनाको विकास गर्न आफूहरुले चाहेको भए पनि त्यो पूरा हुन नसकेको गुनासो उनीहरुको छ ।
यता, आश्रम एवम् तपोभूमि क्षेत्रको ऐतिहासिक, आध्यात्मिक तथा सांस्कृतिक महत्वलाइं ख्याल गर्दै उक्त स्थानमा होटल तथा लज सञ्चालन गर्न नदिएको स्वर्गद्वारीस्थित बाल तपस्वी वेद विद्यालय गुरुकुलम्का अध्यापक शालिकराम रिजाल बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “मन्दिर वरपर होटल सञ्चालन गर्न दिँदा मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व घट्छ । मन्दिर आसपास फोहर र विकृति फैलन्छ ।”
होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले स्वर्गद्वारी क्षेत्रमा संरचना निर्माणको अनुमति दिइए सांस्कृतिक तथा धार्मिक मूल्य मान्यताअनुरुप व्यवसाय सञ्चालन गरेर पर्यटन प्रवद्र्धनमा योगदान दिन आफूहरु तयार रहेको बताउनुहुन्छ ।
स्थानीय होटल व्यवसायी दधिराम भण्डारीले आफूहरूले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउँदै आएको र यस कार्यमा सरकारी निकायसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । आफूहरू स्वर्गद्वारी विकास समिति र सरकारका कार्यक्रममा सहयोग गर्न तयार रहेको तर यस क्षेत्रमा आफूहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उहाँको माग छ ।
होटल सङ्घ प्युठान शाखाका अध्यक्ष चन्द्रलाल न्यौपाने उपयुक्त व्यावसायिक वातावरण बनाइदिए आफूहरू स्वर्गद्वारी क्षेत्रको धार्मिक पर्यटनको विकासका लागि जस्तोसुकै योगदान दिन पनि तयार रहेको बताउनुहुन्छ ।
स्थानीय बुद्धिजीवी, विभिन्न दलका प्रतिनिधि र पत्रकारले स्वर्गद्वारीका लागि एकीकृत पहलको आवश्यकतालाई औँल्याउँदै विगतमा बनेको गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । गुरुयोजनाको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या जस्ताको तस्तै रहेको उनीहरुको भनाइ छ ।
स्वर्गद्वारी पर्यटन विकास समिति गठन गरी स्वर्गद्वारी विकास गुरुयोजना कार्यान्वयन गर्नुपर्ने, व्यवस्थित र आधुनिक धर्मशाला निर्माण गर्नुपर्ने, भिडरी–स्वर्गद्वारी सडकखण्डको स्तरोन्नति गर्नुपर्ने, स्वर्गद्वारीको नाममा रहेका देशका विभिन्न ठाउँका जग्गाको उचित व्यवस्थापन गर्नुपर्ने, स्वर्गद्वारीमा रहेको गौशालाको वैज्ञानिक व्यवस्थापन गरी गौ आरक्षण केन्द्रको रुपमा विकास गर्नुपर्नेलगायतका योजना गुरुयोजनामा समेटिएका छन् । तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।
स्वर्गद्वारी दर्शनका लागि आउनुभएका नेपाल पत्रकार महासङ्घका पूर्वसभापति झर्मेन्द्र झाले व्यवसायी र मन्दिर व्यवस्थापन तथा सरोकारवाला निकाय एकै ठाउँमा बसेर छलफल गरी पूर्वाधार विकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो । स्तरीय होटल तथा अन्य पूर्वाधारको अभाव हुँदा आन्तरिक तथा बाह्य पर्यटकले सास्ती बेहोर्नुपरेको बताउँदै उहाँले होटल सञ्चालन गर्न मन्दिर व्यवस्थापनले आवश्वक मापदण्ड तोक्नुपर्ने र सोहीअनुसार व्यवसायीले होटल सञ्चालन गरिदिए समस्या धेरै हदसम्म समाधान हुने उल्लेख गर्नुभयो ।
स्वर्गद्वारीमा पूर्वाधारको व्यवस्था गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेर प्यूठानवासीको आर्थिक उन्नतिमा टेवा पुग्ने निश्चित छ । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












