सात लाख लिएर आमा अर्कैसँग गएपछि बालबच्चाको बिचल्ली
जुम्ला, १८ चैत । जुम्लाकी एक महिलाले श्रीमानले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुर्ज्या बुढा हुन् ।
बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर रावतसँग विवाह गरेपछि बालबच्चा बिचल्लीमा परेका हुन् । केटा सदरमुकाम पढ्न आएको र केटीले कुमारी हुँ भनेपछि विवाह गरेको हालका श्रीमान रावत पक्षका कृष्णबहादुर रावतले बताए ।
दुई वर्षका लागि १८ महिनाअघि वैदेशिक रोजगारमा गएका सुज्र्याका श्रीमान् विष्णुबहादुर बुढाले पटक पटक गरेर रु सात लाख ८३ हजार पठाएका थिए । तर नगद कुनै नराखेर अर्कैसंग हिँडेपछि दुई वर्षको नाबालकसहित युकेजीमा पढ्ने दुई छोरा अहिले बिचल्लीमा परेका पीडितका आफन्त भक्तबहादुर बुढाले बताउनुभयो ।
पीडित विष्णुबहादुर बुढा हाल कतारमा छन्, उनी नेपाल आउन अझै ६ महिना बाँकी रहेको आफन्त भक्तबहादुर बताउँछन् । अहिले सुज्र्या बुढा र मीनबहादुर रावत दुवैलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।
पीडित पक्षधरले बुढाले हालसम्म बालबच्चा पालेको, घरमा बस्दा विविध क्षेत्रमा खर्च भएको रु तीन लाख छुटृाएर रु चार लाख ८३ हजार नगद फर्काउन माग गरेका छन् । रकम के कति हो भन्ने कुराको जानकारी लिन खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












