वीरेन्द्रनगरमा सिसी क्यामेरा जडान
सुर्खेत । प्रदेश नम्बर ६ को प्रस्तावित राजधानीका रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक सिसी क्यामेरा जडान गरिएको छ ।
वीरेन्द्रनगरको सुरक्षाका लागि सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइमा बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट औपचारिक रुपमा मंगलबारबाट निगरानी सुरु गरिएको हो ।
संघको अवधारण अनुसार वीरेन्द्रनगर प्रवेश नाका तथा मुख्य चौक बजार क्षेत्रमा गरी कुल ४२ वटा सीसी क्यामेरा जडान गर्ने योजना मध्ये हाल बजारका मुख्य चोक र बजार क्षेत्रमा ३१ वटा सीसी क्यामेरा जडान गरी निगरानी सुरु गरिएको हो ।
समुदघाटन कार्यक्रममा बोल्दै सु्र्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले मुख्य बजार क्षेत्र मंगलगडी चौक वीरेन्द्र चौक खोर्क खोला लगायतका स्थानमा जडान भएको सुर्खेत बजार क्षेत्रमा ४१ वटा क्यामेरा आवश्यक पर्ने बताए ।
अध्यक्ष अधिकारीले बजारका भित्री भाग बाँकी रहेको उल्लेख गरे । हालसम्म सीसी क्यामेरा जडान खर्च १५ लाख ९ हजार ८ सय ४१ रुपैया सम्पन्न भएको बताए । सिसी क्यामेरा जडानका लागि वीरेन्द्रनगर नगरपालिकाको कार्यालयले ९ लाख, सुर्खेत उद्योग वाणिज्य संघले ५ लाख तथा सुर्खेतस्थित विभिन्न बैंकहरुले संस्थागत रुपमा १०÷१० हजारका दरले १ लाख रुपैयाँ हस्तान्तरण गरेको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
वीरेन्द्रनगरका मुख्य स्थानहरुमा जडान गरिएका क्यामेरा ३ मेगापिक्सेल तथा हाई डेफिनेसन (एचडी) क्वालिटीका रहेका छन ।
यसको १६ हजार भणडारण क्षमता रहेको सिसी क्यामेराले रातिको समयमा पनि ९० मिटर टाढासम्मको दृश्यलाई सहज रुपले रेकर्ड गर्न सक्नेछन् भने सम्पूर्ण सिसी क्यामेराको निगरानी तथा नियन्त्रण जिल्ला प्रहरी कार्यालय सुर्खेतमार्फत गरिने संघले जनाएको छ ।
यसैगरी समुदघाटन कार्यक्रममा बोल्दै क्षेत्रिय प्रशासन कार्यलयका क्षेत्रिय प्रमुख वेगेन्द्रराज शर्मा पौडलले सुर्खेतबासीका लागी महत्वपूर्ण उपलब्धी भएको बताए । कडिङ्ग स्टिम पनि हुनुपर्छ । कुनै पनि दुर्घटना हुदा सम्बन्धि सरोकारवाल निकायलाई तत्काल जानकारी दिनुपर्ने क्षेत्रिय प्रशासक पौडेले बताएका हुन ।
अब उद्यमी व्यवसायीलाई मानसिक रुपमा शन्ति भएको र सीसी क्यामेराको नियमित मर्मत सम्भारका लागी बजेट छुटयाइनु पर्ने बताएका छन् ।
कार्यक्रममा क्षेत्रिय प्रशासक वेगेन्द्रराज शर्मा पौडेल, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मध्यपशिचम क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका कार्यलयका प्रमुख बिमलराज आर्चाय नेपाली कंग्रेसको जिल्ला सभापती कमलराज रेग्मी,माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जिसी (जितेन्द्र) प्रजातन्त्र पार्टीका अध्यक्षय मान बहादुर खडका लगायतको उपस्थिती रहेको थियो ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












