ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न स्वायत्त निकाय माग
काठमाडौं । समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री परशुराम तामाङलाई भेटेर तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट विकास समितिजस्तै स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् ।
हरेक नेपालीले गौरव गर्नु पर्ने इतिहास बोकेको सिन्धुलीगढीको स्वामित्व लिने कुनै निकाय नहुँदा बेवारिसे जस्तै भएको भन्दै अभियन्ताहरुले यस स्थलको संरक्षण गर्न विकास स्वायत्त निकाय गठन आवश्यक भएको बताए । सिन्धुलीगढीको स्वामित्व लिने निकाय नहुँदा यसको संरक्षण तथा विकासको कुनै निकायले पहल गरेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्वल थापाको संयोजनमा समृद्ध सिन्धुली अभियानका लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुङ र भुवन थापा सम्मिलित प्रतिनिधि मण्डलले राज्यमन्त्री तामाङसँग सिन्धुलीगढीको पर्यटकीय विकासका लागि आगामी बजेटमा कार्यक्रमहरु समावेश गर्न आग्रहसमेत गरेको छ ।
यस्तै अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आगामी कात्तिक २४ गते मनाइने २ सय ५० औं विजयोत्सवमा राज्यकै तर्फबाट विशेष समारोहको आयोजना गर्ने ब्यवस्था मिलाउन पर्यटन राज्यमन्त्री तामाङसँग आग्रह गरेको छ ।
समृद्ध ंसिन्धुली अभियानले सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानले योजना बनाएको छ ।
अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । यस बर्षको साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने योजना बनाएको उनले बताए ।
राज्यमन्त्री तामाङले बीर गोर्खालीले बहादुरी देखाएर अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीको प्रबर्धन गर्न सरकारले हरेक क्षेत्रबाट सहयोग गर्ने बताए । उनले आगामी बजेटमा यस स्थलको प्रबर्धनका लागि रकम छुट्याउने बताउँदै सरकारी स्तरबाटै भब्य विजयोत्सव आयोजना गर्ने आफ्नो मन्त्रालयले पहल गर्ने आस्वासन दिए ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












