ऐतिहासिक सिन्धुलीगढीको विकास गर्न स्वायत्त निकाय माग
काठमाडौं । समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले पर्यटन राज्यमन्त्री परशुराम तामाङलाई भेटेर तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट विकास समितिजस्तै स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् ।
हरेक नेपालीले गौरव गर्नु पर्ने इतिहास बोकेको सिन्धुलीगढीको स्वामित्व लिने कुनै निकाय नहुँदा बेवारिसे जस्तै भएको भन्दै अभियन्ताहरुले यस स्थलको संरक्षण गर्न विकास स्वायत्त निकाय गठन आवश्यक भएको बताए । सिन्धुलीगढीको स्वामित्व लिने निकाय नहुँदा यसको संरक्षण तथा विकासको कुनै निकायले पहल गरेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्वल थापाको संयोजनमा समृद्ध सिन्धुली अभियानका लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुङ र भुवन थापा सम्मिलित प्रतिनिधि मण्डलले राज्यमन्त्री तामाङसँग सिन्धुलीगढीको पर्यटकीय विकासका लागि आगामी बजेटमा कार्यक्रमहरु समावेश गर्न आग्रहसमेत गरेको छ ।
यस्तै अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आगामी कात्तिक २४ गते मनाइने २ सय ५० औं विजयोत्सवमा राज्यकै तर्फबाट विशेष समारोहको आयोजना गर्ने ब्यवस्था मिलाउन पर्यटन राज्यमन्त्री तामाङसँग आग्रह गरेको छ ।
समृद्ध ंसिन्धुली अभियानले सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ ।
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ । यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने अभियानले योजना बनाएको छ ।
अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । ‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । यस बर्षको साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने योजना बनाएको उनले बताए ।
राज्यमन्त्री तामाङले बीर गोर्खालीले बहादुरी देखाएर अंग्रेजी सेनालाई परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीको प्रबर्धन गर्न सरकारले हरेक क्षेत्रबाट सहयोग गर्ने बताए । उनले आगामी बजेटमा यस स्थलको प्रबर्धनका लागि रकम छुट्याउने बताउँदै सरकारी स्तरबाटै भब्य विजयोत्सव आयोजना गर्ने आफ्नो मन्त्रालयले पहल गर्ने आस्वासन दिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












