असुरक्षाका कारण एनजीओकर्मीले गाउँ छाडे
जाजरकोट, २१ चैत । असुरक्षाको कारण देखाउँदै जाजरकोटमा कार्यरत एनजीओकर्मीले गाउँ छाडेका छन् । गैरसरकारी संस्था महासङ्घको निर्देशनअनुरुप उनीहरू गाउँ छाडेर सदरमुकाम खलङ्गा केन्द्रित भएका हुन् ।
पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रवीन्द्रशमशेर शाहको गत १५ गते बेलुकी भएको हत्यापछि यहाँ कार्यरत एनजीओकर्मीले असुरक्षा महसुस गरेका थिए । उनीहरू आतङ्कित बनेपछि गैरसरकारी संस्थाबाट सञ्चालित कार्यक्रम प्रभावित बनेका छन् ।
प्रहरीले शाहका हत्यारालाई पक्राउ गर्न नसकेको र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै जिल्लाभर सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सम्पूर्ण कार्यक्रम अनिश्चित कालका लागि स्थगित गरेको सचिव बालकुमार शर्माले बताउनुभयो ।
असुरक्षाका कारण कार्यक्षेत्रका सबै कर्मचारी सदरमुकाम खलङ्गा फर्काएको र अनिश्चितकालका लागि कार्यक्रम पनि स्थगित गरेको उहाँको भनाइ छ । “सामाजिक क्षेत्रको अगुवाइ गरेका व्यक्तिको सदरमुकामभित्रै दिनदहाडै हत्या हुनु र पाँच दिन बित्दा पनि हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी प्रशासनले अरुको पनि के सुरक्षा देला रु” उहाँले भन्नुभयो, “सरकारको सहयोगी निकायका रूपमा रहेका गैरसरकारी संस्थामा काम गर्ने सामाजिक कार्यकर्ताको असुरक्षा बढ्दा दुर्गम गाउँमा कसरी काम गर्ने रु”
सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म जिल्लामा सञ्चालित सबै कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्न बाध्य भएको शर्माले बताउनुभयो । अहिले हेल्भेटास नेपाल, सेभ द चिल्डेन, कारितास अस्टे«लिया, युएसएआइडीलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दर्जनभन्दा बढी स्थानीय संस्थाद्वारा सञ्चालित सबै कार्यक्रम स्थगित भएका छन् ।
ती संस्थामा कार्यरत ५०० भन्दा बढी कर्मचारी खलङ्गामा केन्द्रित भएका छन् । मृतक शाह अध्यक्ष रहेको संस्थामा मात्र १२० बढी कर्मचारी कार्यरत थिए । गैरसरकारी संस्था महासङ्घ जाजरकोटले शाहका हत्यारालाई दुई दिनभित्र पत्ता नलगाए प्रहरी प्रशासनविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
भेरी नगरपालिका–३, थाप्ले निवासी शाहको जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाकको क्रममा सात÷आठ जनाको समूहमा रहेका अपरिचित व्यक्तिले ढुङ्गाले हानेर हत्या गरेका थिए । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












