सुरक्षा भत्ता नपाएको भन्दै वृद्धवृद्धाको गुनासो
गाईघाट (उदयपुर), २१ चैत । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी तथा त्रिुयगा र कटारी नगरपालिका क्षेत्रका वृद्धवृद्धाले आफूहरूले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको भन्दै गुनासो पोख्न थालेका छन् ।
सरकारले छ महिनादेखि आफूहरूलाई सामाजिक सुरक्षा भत्ता नदिएको कारण आफूहरू भत्ताविहीन भएर बस्नुपरेको त्रियुगा नगरपालिका–२ जोगिदहका ८० वर्षीय दुर्गाबहादुर खड्काले गुनासो गर्नुभयो ।
यस्तै चौदण्डी नगरपालिका–७ का ७८ वर्षीय प्रेमबहादुर कटुवालको पनि गुनासो यस्तै रहेको छ । कटुवाल भन्नुहुन्छ, “सुरुमा नियमित भक्ता पाउने गरे पनि छ महिनादेखि आफूहरू भत्ताविहीन भइयो, भक्ता पाइन्छ भनेर पसल तथा गाउँघरमा उधारोमा माछा, मासु र घिउलगायतका वस्तु खाइएको छ, तर समयमा भत्ता पाउन नसक्दा खाएको ऋण पनि तिर्न सकिएन ।”
समयमा सामाजिक सुरक्षा भत्ता पाउन नसकिएको भन्दै अहिले यस क्षेत्रका वृद्धवृद्धा के कारणले आफूहरूले समयमा भत्ता पाउन नसकिएको हो भनेर बुझिदिनको लागि पटकपटक गाउँका अगुवा, पत्रकार र सम्बन्धित अधिकारीकर्मीसम्म पुग्न थालेको उनीहरू बताउँछन् ।
यस विषयमा यस क्षेत्रका सम्बन्धित नगरपालिकाका अधिकारी भने विभिन्न प्राविधिक कारण र बैंकका खाता खोल्न पर्ने कारण भत्ता उपलब्धमा ढिलाइ भएको बताउने गरेका छन् ।
त्रियुगा नगरपालिका गाईघाटका प्रमुख अधिकृत उद्धवप्र्रसाद रिजालका अनुसार बैंकमा खाता खोल्न पर्ने प्रावधान रहेको कारण धेरै वृद्धवृद्धाको अहिले पनि खाता खोल्न बाँकी रहेको कारण समस्या रहेको बताउनुहुन्छ ।
तर यता वृद्धवृद्धा भने आफूहरूलाई सहज तरिकाले कुनै कानुनी झन्झट बिनानै भत्ता उपलब्ध गराउन पर्ने मागसमेत गर्न थालेका छन् । रासस
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज...
-
जंगली हात्तीले आक्रमण गर्दा आमा-छोराको ज्यान गयो
चितवनमा । चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा जंगली हात्तीले आक्रमण गर्दा आमा छोराको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा २१...
-
गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा आज भारी वर्षा: मौसम विभाग
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित छ...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












