प्रभु बैंकद्वारा आँखा शिविर सञ्चालन
काठमाडौं । प्रभु बकले बाँकेको रनियापुर गाबिसमा शनिबार रनियापुर स्वास्थ्य चौकीमा प्रभु बैंक र नेपाल नेत्र ज्योतीसंघ फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्यमा आँखा शिविर सम्पन्न गरेको छ । शिविरमा करिब २ सय ५० जनाले आँखा जाँच गराएका थिए ।
आँखाका बिरामीलाई निशुल्क औषधी तथा चश्मा बितरण गरिएको पनि जनाइएको छ । सो शिविरमा सहभागी हुने मोती बिन्दु हुने बिरामीलाई फत्तेवाल आँखा अस्पतालले अपरेशनका लागि ५० प्रतिशत छुट दिने भएको छ ।
यसैगरी प्रभु बैंक लिमिटेड शाखा कार्यालय सन्धिखर्कले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्धिखर्क, अर्घाखाँचीमा अध्ययनरत श्रवण शक्ति कम भएका १० जना आवासीय बिद्यार्थीहरुलाई दैनिक रुपमा प्रयोगमा आउने ओढ्ने ओछ्याउने कपडा, कापी, कलम, मसी लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ ।
सोही कार्यक्रममा उक्त विद्यालयमा अध्यनरत ३ जना अपाङ्ग विद्यार्थीहरुको लागि प्रतिव्यक्ति दुई दर्जन कापी र अन्य शैक्षिक सामाग्री समेत वितरण गरेको जनाइएको छ । बैंकको शाखा कार्यालय सन्धिखर्कका शाखा प्रबन्धक सरोज ज्ञवालीले छ ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रभु बैंक लिमिटेडले स्थापना कालदेखिनै संस्थागत सामाजिक उत्तरदायित्वका क्रियाकलापलाई निरन्तरता दिँदै आएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












