‘नेपाल र भारतबीचको सम्बन्ध सुधारमा पत्रकारिताको भूमिका सकारात्मक’
काठमाडौँ, २१ चैत । नेपाल र भारतबीचको राजनीतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढीकरणका लागि दुवै देशका सञ्चार क्षेत्रले सकारात्मक भूकिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आम सञ्चार राष्ट्रिय विश्वविद्यालयले यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने सम्मेलनका क्रममा सहभागीले नेपाल सानो भए पनि प्राकृतिक र सांस्कृतिक वैभवयुक्त र भारत उदाउँदो अर्थतन्त्रको मुलुक भएकाले आपसी सम्बन्ध सुदृढीकरणमा योगदान पुग्ने बताए ।
सम्मेलनको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दुई देशबीचमा राजनीतिक तथा जनता–जनताबीचको सम्बन्ध सुधारका लागि पत्रकारिताले चासो देखाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसारमा कुनै त्यस्तो देश हुँदैन, जहाँ राजनीतिको लगामबिना अर्थतन्त्रको घोडा दौडिएको होस्, त्यसैले राजनीतिक स्थिति सबल बनाउन सञ्चार क्षेत्रले सहयोग गर्नुपर्छ ।”
सो अवसरमा भारत उत्तराखण्ड राज्यका पूर्वसांसद तथा पत्रकार तरुण विजयले गोर्खाली वीरताबाट विश्वमा चिनिएका नेपाल आफूहरुका लागि वैभवयुक्त र माइती देश लाग्ने भएकाले यहाँबाट सिक्न सकिने विषय धेरै भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली सञ्चारमाध्यमले भारतको अन्तर्राष्ट्रिय विकाससम्बन्धी समाचारलाई त्यति महत्व नदिएको गुनासो पनि गर्नुभयो ।
कूटनीतिज्ञ डा जयराज आचार्यले नेपाललाई हिन्दू राष्ट्र बनाउन अधिकांश नेपाली जनताले संविधानसभालाई सुझाव दिए पनि संविधानमा धर्म निरपेक्ष राज्य बनाइएकाले यहाँका जनता र भारतीय जनतामा पनि त्यसबारे समान चासो पाइएको बताउनुभयो ।
सो विश्वविद्यालयका उपकुलपति बिके कुथौलाले आफ्नो विश्वविद्यालयले भारत र अन्य देशमा पनि पत्रकारितासम्बन्धी छलफल र अध्ययनका क्रममा नेपालमा कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो ।
सम्मेलनको एक सहयोगी संस्था काठमाडौँ विश्वविद्यालयका पत्रकारिताका अध्यापक डा निर्मलमणि अधिकारीले नेपाल र भारतबीचका समानता र असमझदारीका मुद्दामा पत्रकारिताका आयमबाट विज्ञबीच छलफल गरिने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












