बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ
धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ ।
धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो ।
बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो ।
घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ ।
बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन् ।
आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए । तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताउनुभयो ।
घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












