नुवाकोटमा ऐतिहासिक वैशाख पूर्णिमा ‘सिन्दूरे जात्रा’ मनाइँदैछ
नुवाकोट, ३१ चैत । नुवाकोटमा ऐतिहासिक वैशाख पूर्णिमा को विशेष दिन आज सिन्दूरे जात्रा मनाइँदैछ ।
जात्राको मुख्य दिन आज अपराह्न नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।
दुई दिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान भइ भगवानस्वरुप भएका धामीधमिनी अहिले नुवाकोटको धरमपानीमा पुगेका छन् । मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् बिहान ४ बजे धरमपानीमा पुर्याइएको हो ।
धरमपानीमा बसिरहेका धामीधमिनी र रथको पूजाआजा सकेर अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको छ
मध्यरात देवीघाट पुगेका धामीले करिब २४ घन्टाको बसाइमा जिउँदो पशु÷चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गर्नेछन् । उनले गरेको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ ।
सिन्दूरे जात्राको मुख्य आकर्षणको केन्द्र धामीले भोग खाएको हेर्न, सिन्दूर खेल्न धामीधमिनी, भैरवीदेवी र जालपादेवी मन्दिरको दर्शन गर्न नुवाकोटसहित रसुवा, धादिङ, काठमाडौँलगायत मुलुकका विभिन्न जिल्लाका हजारौं भक्तजन यहाँ आएका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












