क्यान्सरपीडितका लागि सात लाख रकम सङ्कलन
कञ्चनपुर, ३१ चैत । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि रु सात लाख सङ्कलन भएको छ ।
‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाउ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट रु एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ ।
“शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ”, भट्टले भन्नुभयो । शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।
सहकारीको एक अर्ब ६४ करोड ऋण लगानी
कञ्चनपुरमा क्रियाशील रहेका सहकारी संस्थाले उत्पादनशील क्षेत्रमा रु एक अर्ब ६४ करोड ६८ लाख ८७ हजार ऋण लगानी गरेका छन् ।
डिभिजन सहकारी कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तीन सय ९८ सहकारीमध्ये तीन सय ३० सहकारीले कृषि, पशुपालन, किरानापसल, घुम्ती व्यापार र लघुउद्यमका क्षेत्रमा रकम ऋणका रुपमा लगानी गरेका छन् ।
बचत तथा ऋण सहकारी संस्थाले रु ३८ करोड ८६ लाख ११ हजार, कृषि सहकारी संस्थाले रु ५४ करोड ४१ लाख, बहुउद्देश्यी सहकारी संस्थाले रु ६४ करोड ९० हजार ऋण लगानी गरेको डिभिजन सहकारी कार्यालयका प्रमुख रामबहादुर खातीले बताउनुभयो ।
उहाँका अनुसार उपभोक्ता सहकारी संस्थाले रु चार करोड ४६ लाख ६० हजार, पशुपालन सहकारी संस्थाले रु २० लाख ४३ हजार र अन्य सहकारी संस्थाले रु एक करोड ८४ लाख ६३ हजार ऋण लगानी गरेका छन् । ऋण लगानी गरेका सहकारी संस्थाले रु २५ करोड २४ लाख ८५ हजार आम्दानी गरेका छन् । सहकारीमा एक लाख बढी महिला–पुरुष आबद्ध छन् भने दुई सय ६१ महिला र दुई सय ४९ पुरुषले रोजगारी पाएका छन् । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












