पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३
काठमाडौँ । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो ।
वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो ।
महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो ।
त्यस्तै गत मे २९ २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो । पोखरामा सम्पन्न विश्व शान्ती पूजामा विश्वभरबाट आएका पाहुनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो ।
नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमले पनि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । साथै बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, रोयटर र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो ।
यसैगरी गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ । नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकै पटक विमान खरिद गरेको यो पहिलो पटक हो । यसले नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन उत्साहित भएका छन् ।
अर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटनप्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्यो । यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवद्र्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउनुहुन्छ ।
घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो उपलब्धि हासिल गरेको र पर्यटक आवागमन बढको उहाँको बुझाइ छ । प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइड बढी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो । त्यस्तै पुरातात्विक सम्पदाको पुनःनिर्माणको तीव्रताले पर्यटन क्षेत्रमा थप उत्साह थपेको उहाँको भनाइ छ ।
मुलुकको अर्थतन्त्रको मूलआधार मानिने पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण बन्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्य रुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका छन् ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउनुहुन्छ । यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’ पर्यटन प्रवद्र्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उहाँको भनाइ छ ।
मुलुकको पर्वतीय पर्यटनमा वर्षको सुरुमै उत्साहजनक नतिजा देखिएकोमा यस पटक पनि धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि आएका छन् । यस वर्षको वसन्त ऋतुमा आठ सयदेखि नौ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताउनुभयो ।
पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएनन् । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामा समेत आन्तरिक पर्यटन प्रबद्र्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्नुहुन्छ ।
वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल(हान)का महासचिव विनायक शाह बताउनुहुन्छ ।
हानको विवरण अनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिने क्रम जारी छ । सन् २०२० सम्ममा चार हजार अन्तराष्ट्रियस्तरका सुविधायुक्त वेड थपिदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ । काठमाडौँलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ ।
विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष (सन् २०१६) मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् । अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा आठ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रासस
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












