पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र : राष्ट्रपति
ओखलढुङ्गा, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।
प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पु¥याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “ऊर्जाशील युवाको जोश, जागर, ऊर्जा, सीप, अतिथ्यता, भाषाकुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो ।”
स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले ओखलढुङ्गा आउँदा ‘मेरो प्यारो ओखलढुङ्गा’ नामको कालजयी रचनाद्वारा ख्याति आर्जन गर्न सफल युगकवि सिद्धिचरण श्रेष्ठकको स्मरण समेत गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सदियौँदेखि बसोवास गर्ने विभिन्न जातजातिले थोले देम्बालाई पवित्र र सम्मानित स्थान मानेर देशको उत्तरोत्तर प्रगति, भातृत्व र एकता तथा विश्व शान्तिको कामना गर्ने परम्परा रहेको बताउनुभयो ।
‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान ः स्थानीय वेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको महोत्सवमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले विकासका लागि पर्यटन विकासमा ध्यान दिनुपर्ने बताउनभएको थियो ।
त्यसैगरी तीन दिनसम्म चल्ने यस महोत्सवमा सांसदहरु शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, यज्ञराज सुुनुवारलगायत पर्यटन विकासमा आफूहरुले सक्ने सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












