पर्यटन व्यवसाय नै मुलुकको महत्वपूर्ण आर्थिक क्षेत्र : राष्ट्रपति
ओखलढुङ्गा, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ ।
प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो ।
पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति, समूचित सञ्चार व्यवस्था, सांस्कृतिक तथा स्वस्थ र सरसफाइसहितको होटल लज, होमस्टे र चिकित्सा सुविधा आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले पर्यटनको दिगो विकास र भावी पुस्तालाई हाम्रो आफ्नै सांस्कृतिक धरोहरको परिचय गराउन र दुई वर्षअघिको विनाशकारी भूकम्पले क्षति पु¥याएका मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाको संरक्षण पुनःनिर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले जिल्लाका समग्र सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटन प्रवद्र्धनमा ठोस मद्दत पुग्ने हुँदा यस विषयमा सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “ऊर्जाशील युवाको जोश, जागर, ऊर्जा, सीप, अतिथ्यता, भाषाकुशलतासमेत समेटेर पर्यटनमैत्री तालिम दिई रोजगारीको अवसर उपलब्ध गराउनु आजको आवश्यकता हो ।”
स्थनीयस्तरमा उत्पादन भएका जैविक र विषदीमुक्त खाद्यान्न एवम् तरकारी राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ व्यापक प्रचारप्रसार गरी अर्गानिक कृषि पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको भनाइ छ ।
उहाँले ओखलढुङ्गा आउँदा ‘मेरो प्यारो ओखलढुङ्गा’ नामको कालजयी रचनाद्वारा ख्याति आर्जन गर्न सफल युगकवि सिद्धिचरण श्रेष्ठकको स्मरण समेत गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सदियौँदेखि बसोवास गर्ने विभिन्न जातजातिले थोले देम्बालाई पवित्र र सम्मानित स्थान मानेर देशको उत्तरोत्तर प्रगति, भातृत्व र एकता तथा विश्व शान्तिको कामना गर्ने परम्परा रहेको बताउनुभयो ।
‘प्राकृतिक सुन्दरता, कला, सांस्कृतिक पर्यटन प्रवद्र्धन हाम्रो अभियान ः स्थानीय वेषभूषा र रहनसहन हाम्रो पहिचान’ भन्ने मूलनारामा सुरु गरिएको महोत्सवमा नेकपा(एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले विकासका लागि पर्यटन विकासमा ध्यान दिनुपर्ने बताउनभएको थियो ।
त्यसैगरी तीन दिनसम्म चल्ने यस महोत्सवमा सांसदहरु शकुन्तला राजभण्डारी, रामहरि खतिवडा, यज्ञराज सुुनुवारलगायत पर्यटन विकासमा आफूहरुले सक्ने सहयोग गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












