गैँडा मारेको चिन्तामा शोक ¥याली प्रदर्शन
चितवन, ३ वैशाख । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आज चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक ¥याली प्रदर्शन गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक ¥याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत लगेको थियो ।
त्यसको विरोधमा २२औँ वन्यजन्तु सप्ताहको तेस्रो दिनमा ‘युवा अग्रसरता ः संरक्षण र समृद्धिको सुनिश्चितता’ भन्ने मूल नारासहित आज निकालिएको शोक ¥यालीले सौराहाको विभिन्न क्षेत्र परिक्रमा गरी गैँडा चोकमा कार्यक्रम गरिएको छ ।
संरक्षणमा चेतना दिन यसरी आज शोक ¥याली निकालिएको भन्दै चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले अझै संरक्षणमा चुनौती रहेकाले हातेमालो आवश्यक भएको बताउनुभयो ।
चितवन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, वर्डएजुकेसन सोसाइटी, यहाँका विभिन्न सामुदायिक वन, पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा संरक्षणमा सहभागी सङ्घसंस्थाको संयुक्त आयोजनाका कार्यक्रम भएको हो ।
“दुर्लभ एकसिङ्गे गैँडा तथा बाघ एवम् वन्यजन्तु नेपालको अमूल्य सम्पत्ति हुन्, संरक्षणकर्मी तथा चरा विज्ञ टीका गिरीले भन्नुभयो, यसको संरक्षण आजको चुनौती भएको छ ।”
वन्यजन्तु संरक्षणसँग समृद्धि पनि जोडिएकाले संरक्षणबिना पर्यटन व्यवसाय पनि फस्टाउन नसक्ने बाघ संरक्षण समितिका संयोजक जीतु तामाङ बताउनुभयो ।
१ गतेदेखि सुरु भएको सप्ताहअन्तर्गत अहिलेसम्म सरसफाइ, सचेतनामूलक कार्यक्रम, चरा अवलोकन, जङ्गल सफारी फोटो प्रदर्शनी कार्यक्रम गरिएको चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी अध्यक्ष डोमा पौडेलले जानकारी दिनुभयो ।
वैशाख ४ गते घाँसे मैदान व्यवस्थापन, ५ गते निकुञ्जभित्रको खोला सरसफाइ, ६ गते बाघ संरक्षणसम्बन्धी अन्तक्र्रिया र ७ गते गैँडा संरक्षणसम्बन्धी अन्तक्र्रिया गरेर कार्यक्रम सकिने वर्डएजुकेसन सोसाइटी, चितवनका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












