पानीको समस्या हटाउन सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्ने
काठमाडौं, ३ बैशाख । सार्वजनिक स्थानमा खानेपानीको टयाँकी राख्ने व्यवस्था मिलाउन खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० लाई निर्देशन दिएका छन्। गर्मी साथैसुखायम सुरु भएकाले जनतालाई केही राहत हुन्छ भन्दै मन्त्री शाहीले त्यस्तो निर्देशन दिएका हुन् ।
जनताले पानीको राम्रो उपयोग गर्न नपाएका कारण समस्या भोग्नु पर्ने स्थितिको अन्त्य गर्न आफूले विशेष राहतको कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए साथै मन्त्री शाहीले त्यसका लागि पूर्वाधार निर्माण गर्न केयुकेएललाई निर्देशन पनि दिइसकेको बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिंदै मन्त्री शाहीले भने, ‘ गर्मीको याममा बढी मात्रामा पानीको आवश्यकता पर्छ । यो समयमा शुद्ध पानीको प्रयोग गर्न नपाएर नागरिकले बिभिन्न रोगको सिकार हुनुपर्ने अवस्था आउँछ । यसले गर्दा ठूलो समस्या निम्तन्छ । सरकार भनेको जनतालाई सेवा सुविधा उपलब्ध गराउने निकाय हो । जनताको समस्या समाधान गर्नका लागि नै सरकार बनेको हो । हामीले जन हितमा काम गर्नुपर्छ । त्यसैले सहुलियत रुपमा जनतालाई खानेपानी उपलब्ध हुने गरि सार्वजनिक स्थलमा पानीको ट्यांकी राख्ने व्यवस्था गर्नुपर्छ ।’
विभिन्न वेलहरुमा ट्यांकरमा पानी भर्न मिल्ने व्यवस्था गर्न ,पानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएरै भएपनि नागरिकलाई सहुलियत रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












