पानीको समस्या हटाउन सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्ने
काठमाडौं, ३ बैशाख । सार्वजनिक स्थानमा खानेपानीको टयाँकी राख्ने व्यवस्था मिलाउन खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० लाई निर्देशन दिएका छन्। गर्मी साथैसुखायम सुरु भएकाले जनतालाई केही राहत हुन्छ भन्दै मन्त्री शाहीले त्यस्तो निर्देशन दिएका हुन् ।
जनताले पानीको राम्रो उपयोग गर्न नपाएका कारण समस्या भोग्नु पर्ने स्थितिको अन्त्य गर्न आफूले विशेष राहतको कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए साथै मन्त्री शाहीले त्यसका लागि पूर्वाधार निर्माण गर्न केयुकेएललाई निर्देशन पनि दिइसकेको बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिंदै मन्त्री शाहीले भने, ‘ गर्मीको याममा बढी मात्रामा पानीको आवश्यकता पर्छ । यो समयमा शुद्ध पानीको प्रयोग गर्न नपाएर नागरिकले बिभिन्न रोगको सिकार हुनुपर्ने अवस्था आउँछ । यसले गर्दा ठूलो समस्या निम्तन्छ । सरकार भनेको जनतालाई सेवा सुविधा उपलब्ध गराउने निकाय हो । जनताको समस्या समाधान गर्नका लागि नै सरकार बनेको हो । हामीले जन हितमा काम गर्नुपर्छ । त्यसैले सहुलियत रुपमा जनतालाई खानेपानी उपलब्ध हुने गरि सार्वजनिक स्थलमा पानीको ट्यांकी राख्ने व्यवस्था गर्नुपर्छ ।’
विभिन्न वेलहरुमा ट्यांकरमा पानी भर्न मिल्ने व्यवस्था गर्न ,पानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएरै भएपनि नागरिकलाई सहुलियत रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












