शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय : मन्त्री पौडेल
काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ ।
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको ‘स्थानीय तहमा शिक्षकको व्यवस्थापन’ विषयक एकदिने कार्यशाला गोष्ठीमा उहाँले अन्य कर्मचारीलाई हेर्ने निकाय जस्तै शिक्षकलाई व्यवस्थापन गर्ने पनि छुट्टै निकाय हुनुपर्ने बताउनुभएको हो ।
शिक्षक सेवा आयोगलाई संवैधानिक बनाएर वा अन्य छुट्टै निकाय गठन गरेर शिक्षकको व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार समग्र शिक्षाको खाका बनाइरहेकाले शिक्षक व्यवस्थापन अलि पछि परे पनि स्थानीय निर्वाचनलगत्तै अघि बढाउने बताउनुभयो ।
“अहिले हामी सङ्घीय संरचनाअनुसार शिक्षाको खाका बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यसले केही ढिला भएको हो तर अब स्थानीय निर्वाचनलगत्तै स्थानीय तहमा शिक्षकको व्यवस्थापन गर्छौं ।”
मन्त्री पौडेलले शिक्षाको सबभन्दा नजिकको सरकार स्थानीय तह भएकाले स्थानीयस्तरको शिक्षालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षकको अहिलेको जस्तो मर्यादा सङ्घीयमा पनि हुने भएकाले शिक्षकलाई थप जिम्मेवार बनाइनुपर्ने उहाँले बताउनुभयो ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले केन्द्रीय तहमा शिक्षकको व्यवस्था नगरिएको जानकारी गराउनुभयो । “अब प्रदेश र स्थानीय तहमा शिक्षक हुन्छन्”, उहाँले थप्नुभयो – “धेरै शिक्षक स्थानीय तहमा रहने छन् ।”
शिक्षाविद् डा विद्यानाथ कोइराला र प्रा डा मनप्रसाद वाग्लेले स्थानीय तहका शिक्षकलाई बढी जिम्मेवार बनाए शिक्षामा सुधार हुने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












