दुई हजार बढी बालबालिका विद्यालय बाहिर
तुलसीपुर (दाङ), १० वैशाख । दाङमा विद्यालय जाने उमेरका दुई हजार बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।
विद्यालय भर्ना अभियानका लागि राज्यले बर्सेनि लाखौँ रुपैयाँ खर्च गरे तापनि राज्यको यो अभियान खासै प्रभाकारी हुन नसक्दा हाल जिल्लामा दुई हजार २०८ जना विद्यालय जाने उमेरका पाँचदेखि १५ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।
जिल्ला शिक्षा कार्यालय, दाङका अधिकृत देवमणि चौधरीले हालै शिक्षा कार्यालय दाङले गरेको सर्वेक्षणमा गरिबीका कारण एक हजार ५२ जना, घरदेखि विद्यालय टाढा हुँदा एक हजार ६२ जना, भाषाको समस्याका कारण ३१ जना र अन्य कारणले गरी विद्यालय जाने उमेरका दुई हजार २०८ जना बालबालिका, विद्यालयको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो ।
अभिभावकले आफूहरूलाई सधैँ मजदुरी गर्नुपर्ने, बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्री खरिद गर्न नसक्ने र घरायसी काम गर्नुपर्ने बाध्यता रहेको र त्यसको मुख्य कारण गरिबी रहेकोले आफूहरूले छोराछोरीलाई पठाउन नसकेको बताएका छन् ।
जिल्ला शिक्षा कार्यालय, दाङका अनुसार विद्यालय बाहिर रहेकालाई विद्यालयमा ल्याउन विभिन्न उपाय अपनाए तापनि सोअनुसारको उपलब्धि हासिल हुन सकेको छैन । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेका छन् ।
शिक्षा कार्यालयले दुई हजार बढी बालबालिका विद्यालयको पहुँच बाहिर रहेको जानकारी दिए पनि जिल्लामा त्यो सङ्ख्याभन्दा धेरै बालबालिका विद्यालयको पहुँच बाहिर रहेको आँकलन गर्न सकिन्छ । दुईवर्ष अगाडि दाङमा १३ हजार बालबालिका विद्यालयको पहुँच बाहिर रहेका थिए ।
जिल्लाको सुगम क्षेत्रभन्दा पनि दूरदराज, विकट क्षेत्र, सिमावर्ती क्षेत्रमा यस्ता बालबालिका बढी रहेका छन् । त्यसमा पनि जनजाति समुदायका धेरै बालबालिका विद्यालय बाहिर छन् । विद्यालयको नजिकमा रहेका बालबालिकालाई वैशाख १५ गतेसम्ममा भर्ना गरिसक्नुपर्ने व्यवस्था गरेर भर्ना अभियान सुरु गरिएको हो ।
विद्यालय बाहिर रहेका बालबालिकाको निःशुल्क रूपमा भर्ना, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा विद्यालय पोसाकलगायतका सामग्री पनि निःशुल्क रूपमा प्रदान गरिने शिक्षा कार्यालयको योजना रहेको बताइएको छ । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












