पन्ध्र वर्ष पुग्दा पनि ५ कक्षा नपढेका ३५ बालबालिका भेटिए
रत्ननगर (चितवन), १८ वैशाख । विद्यालय छाडेका बालकालिकालाई फर्काउने अभियानअन्तर्गत खोजीमा रहेको जिल्ला शिक्षा कार्यालय चितवनले १५ वर्ष पुग्दा ५ कक्षा पनि नपढेका ३५ जना बालबालिका भेट्टाएको छ ।
जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर विद्यालयमा फर्काउने नयाँ अभियानअन्तर्गत सुरु गरिएको कार्यक्रममा उनीहरु फेला परेको जानकारी दिनुभयो । कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी विद्यालय छाडेका विद्यार्थीलाई खोजेर विद्यालयमा ल्याउने कार्यक्रम सञ्चालन गरेको हो । “पन्ध्र वर्ष पुग्दा ५ कक्षा नपढेका ३५ बालबालिका पाइयो,” अर्यालले भन्नुभयो – “उनीहरु भर्नै नभएका हुन् या भर्ना भएर छाडेका हुन् भन्ने कुरा जानकारी दिन सिकाइ केन्द्रसँग जानकारी माग गरिएको छ ।”
उहाँले उनीहरुलाई विद्यालय पठाउनसमेत भनिएको जानकारी दिनुभयो । सामान्यतः १५ वर्ष पुगेका बालकालिकाले एसइई (साबिकको एसएलसी) परीक्षामा सहभागी हुन पाउँछ । जिल्लामा रहेका ३३ सामुदायिक सिकाइ केन्द्रमार्फत उनीहरुलाई विद्यालय ल्याइनेछ । असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिन शिक्षा कार्यालय लागिपरेको छ । ती बालबालिकालाई विद्यालयमा फर्काएबापत केन्द्रले रु ६ हजार पाउनेछ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयको तथ्याङ्कमा जिल्लामा भर्नादर करिब शतप्रतिशत नै भए पनि बीचैमा विद्यालय छाड्ने दर भने धेरै छ । स्थानीयवासी भर्ना नभएका बालबालिका रहेको दाबी गरे पनि शिक्षा कार्यालयले आफ्नो अभिलेखमा नभएको दाबी गर्दै आएको छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिका बीचैमा विद्यालय छाड्ने क्रम रहेको स्थानीयवासी दलबहादुर चेपाङ बताउनुहुन्छ । वैशाखमा सञ्चालन भएको भर्ना अभियानको प्रगतिबारे जानकारी दिनसमेत स्रोत केन्द्रलाई निर्देशन दिएकाले यो मसान्तसम्ममा सबै आइसक्ने जनाइएको छ । चितवनमा कुल एक सय ७६ निजी र तीन सय ७७ वटा सामुदायिक विद्यालयमा एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












