पन्ध्र वर्ष पुग्दा पनि ५ कक्षा नपढेका ३५ बालबालिका भेटिए
रत्ननगर (चितवन), १८ वैशाख । विद्यालय छाडेका बालकालिकालाई फर्काउने अभियानअन्तर्गत खोजीमा रहेको जिल्ला शिक्षा कार्यालय चितवनले १५ वर्ष पुग्दा ५ कक्षा पनि नपढेका ३५ जना बालबालिका भेट्टाएको छ ।
जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बीचैमा कक्षा छाड्ने बालबालिकालाई खोजेर विद्यालयमा फर्काउने नयाँ अभियानअन्तर्गत सुरु गरिएको कार्यक्रममा उनीहरु फेला परेको जानकारी दिनुभयो । कार्यालयले सामुदायिक सिकाइ केन्द्रमार्फत यसरी विद्यालय छाडेका विद्यार्थीलाई खोजेर विद्यालयमा ल्याउने कार्यक्रम सञ्चालन गरेको हो । “पन्ध्र वर्ष पुग्दा ५ कक्षा नपढेका ३५ बालबालिका पाइयो,” अर्यालले भन्नुभयो – “उनीहरु भर्नै नभएका हुन् या भर्ना भएर छाडेका हुन् भन्ने कुरा जानकारी दिन सिकाइ केन्द्रसँग जानकारी माग गरिएको छ ।”
उहाँले उनीहरुलाई विद्यालय पठाउनसमेत भनिएको जानकारी दिनुभयो । सामान्यतः १५ वर्ष पुगेका बालकालिकाले एसइई (साबिकको एसएलसी) परीक्षामा सहभागी हुन पाउँछ । जिल्लामा रहेका ३३ सामुदायिक सिकाइ केन्द्रमार्फत उनीहरुलाई विद्यालय ल्याइनेछ । असारसम्मै यो कार्यक्रम चलाइने र अभिभावकलाई समेत राखेर चेतना दिन शिक्षा कार्यालय लागिपरेको छ । ती बालबालिकालाई विद्यालयमा फर्काएबापत केन्द्रले रु ६ हजार पाउनेछ । एउटा केन्द्रले यसरी २५ जनासम्म बालबालिकालाई फर्काउने प्रावधान रहेको कार्यालयले जनाएको छ ।
शिक्षा कार्यालयको तथ्याङ्कमा जिल्लामा भर्नादर करिब शतप्रतिशत नै भए पनि बीचैमा विद्यालय छाड्ने दर भने धेरै छ । स्थानीयवासी भर्ना नभएका बालबालिका रहेको दाबी गरे पनि शिक्षा कार्यालयले आफ्नो अभिलेखमा नभएको दाबी गर्दै आएको छ । अझै चितवनको पहाडी गाउँमा चेपाङ बालबालिका बीचैमा विद्यालय छाड्ने क्रम रहेको स्थानीयवासी दलबहादुर चेपाङ बताउनुहुन्छ । वैशाखमा सञ्चालन भएको भर्ना अभियानको प्रगतिबारे जानकारी दिनसमेत स्रोत केन्द्रलाई निर्देशन दिएकाले यो मसान्तसम्ममा सबै आइसक्ने जनाइएको छ । चितवनमा कुल एक सय ७६ निजी र तीन सय ७७ वटा सामुदायिक विद्यालयमा एक लाख ४३ हजार विद्यार्थी अध्ययनरत छन् । रासस
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












