टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन
पाल्पा (रामपुर), १९ वैशाख । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबद्र्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताउनुभयो ।
भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उहाँलाई कठिन भएकोे छ ।
आफूलाई अब घर बनाउने अनुदान रकम पाउछु भन्ने आशा हटिसकेको गोबर्धन बताउनुहुन्छ । शारीरिक रुपमा अशक्त हुँदै गए पर्नि आफ्नो भन्दा १९ जना परिवारको टहरामा पालनपोषण र बास कसरी बिताउने भन्ने चिन्ताले उहाँलाई सताएको छ ।
लामो समय वितिसक्दा पनि घर बनाउने अनुदान र अनुमति नपाउदा अव अनुदान पाइन्छ र घर बनाउँला भन्ने आश नभएको गोवर्धनको गुनासो छ ।
उहाँ भन्नुहुन्छ,“चिसो बढ्यो कि दम बढेर आउछ, गएको जाडोमा दम बढेर झन्डै मरेको थिए”—“भूकम्पपछि जन्मेको नाति दौडिनसक्ने भयो, घर बनाउने अनुमति नपाउदा टहराको बासले छोड्ने भएन” उहाँ दुखेसो पोख्नुहुन्छ ।
भूकम्पले ठूलो भौतिक क्षति पुगेको सहलकोट सुकेकोटमा दुई वर्षको अवधिमा टहराको बासले चिसोका कारण दुई जनाले ज्यान गुमाउनुपरेको स्थानीय उमेशकुमार गाहा बताउनुहुन्छ ।
पालको बासले वृद्धवृद्धा, सुत्केरी महिला र बालबालिका बढी प्रभावित भएका छन् । भूकम्पपछि टहरामा बास बस्दै आएका यहाँका पाँच सुत्केरीले टहरामै बच्चा जन्माउन बाध्य भए । गएको हिउँदमा घर बनाएर सहजसँग बास बस्ने सपना बोकेका भूकम्पपीडितको सपना ओइलाएर गएको छ । यसवर्षको बर्खायाममा पनि उनीहरुले टहरामै जीवन गुजार्नुपर्ने निश्चित छ । पहिलो किस्ताको रकम पनि नपाउदा घर बनाउने सुरसारै गर्न नपाएको स्थानीय तिलवीर रानाको गुनासो छ ।
उहाँले पहिलो किस्ताबापतको रकम अनुदान पाएको खण्डमा वर्खा अगाडि नै घरको जग राख्ने र हिउँद अगाडि नै घर निर्माण गर्ने योजना बुन्नुभएको थियो ।
वडा नागरिक मञ्चका संयोजक भुमबहादुर राना भन्नुहुन्छ,“न अनुदान पाइयो न त घर बनाउने अनुमति नै पाइयो”—“सरकारले दिन्छु भनेर पीडित जनतालाई आशा देखायो तर दुई वर्षसम्म टहरा र त्रिपालमा रात कसरी बिताए पीडितले भन्ने कहिल्यै सोचेन” उहाँले दुखेसो पोख्नुहुन्छ ।
पुनःनिर्माण प्राधिकरणले सङ्कलन गरेको तथ्याङ्कअनुसार सहलकोट क्षेत्रमा मात्र ६१ घर पूर्णरुपमा क्षति भएकामा साविक– ९ सुकेकोट गाउँमा ४१ वटा घर पूर्ण क्षतिग्रस्त भएका थिए । अन्य बाँकीमा आंशिक क्षति पुगेको थिायो ।
पाल्पाको साविकको गल्धा, रामपुर, बाकामलाङ्, कोलडाँडालगायतका क्षेत्रमा भूकम्प प्रभावित बढिरहेका छन् । जिल्ला तथ्याङ्क कार्यालयकाअनुसार जिल्लाका १० हजार चार सय ९५ घर पूर्णरुपमा क्षति भएकामा तीन हजार चार सय ३१ घरको लागि पहिलो किस्ताको अनुदान सम्झौता भएको जिल्ला समन्वय समितिले जनाएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












