प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि
काठमाडौँ, २० वैशाख । नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ ।
‘संवेदनशील समयका लागि संवेदनशील विचार : शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताउनुभयो । उहाँले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताउनुभयो । “दोषीलाई कारबाही नहुनु, पत्रकारमाथि आक्रमण गर्नेमाथि छानबिन नहुने जस्ता प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन्”, उहाँले भन्नुभयो–“प्रवृत्तिगतरुपमा प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेका छन् । पूर्णरुपमा प्रेस स्वतन्त्रता भन्ने छैन ।”
उहाँले व्यवहारमा प्रेस स्वतन्त्रता नभएकाले पत्रकारले अहिले पनि स्वनियन्त्रणमा समाचार लेख्नु परेको बताउनुभयो । अध्यक्ष डा. विष्टले नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरुपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यसअनुरुप पत्रकारलाई सुरक्षितरुपमा काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो ।
पत्रकारितामार्फत मुलुकलाई परिवर्तन सम्भव रहेको भन्दै उहाँले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता आवश्यक रहने बताउनुभयो । उहाँले अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रताका घटनामा कमी आए पनि निर्भिक ढङ्गबाट काम गर्ने वातावरण पत्रकारलाई नभएको जानकारी गराउनुभयो ।
महासचिव उजिर मगरले यस वर्ष ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराउनुभयो । प्रभातफेरिमा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, प्रेस सेन्टर नेपालका पूर्वमहासचिव ओम शर्मालगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो । उहाँका अनुसार पत्रकारमाथिको दुव्र्यवहारका १६, पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् ।
त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












