स्थानीयवासीले गरे बसपार्क निर्माणका लागि करोडौँको जग्गा दान
इलाम, २० बैशाख । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन्।
बसपार्कका लागि सूर्योदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन्। स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीनरतीन रोपनी जग्गा दान दिएका छन्। सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराएका छन्।
चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब ३० लाख रुपैयाँभन्दा बढी पर्छ। बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बता।
नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट चार लाख ६९ हजार र उपभोक्ता समितिबाट एक लाख २३ हजार रुपैयाँ विनियोजन भएको हो। प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताए। रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












