धन कमाउन विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन्
मोरङ, २० बैशाख । भनिन्छ सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव। तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक ९कटुवाल० विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन्।
न त भाषाको ज्ञान थियो। न कुनै तालिम र सीप नै हातमा थियो। जीवनभरि सँगै जिउने प्रतिज्ञा गरेको आफ्नै पतिदेवले राक्षसी रुप देखाएपछि दुर्गाका लागि आफ्नोे भन्ने संसारमा कोही नभएको महसुस भयो। आफैँले रोजेर उपल्लो जातको केटासँग गएका कारण माइती र आफन्तजनमा पनि दुर्गालाई हेर्ने दृष्टिकोण सच्चिन सकेको थिएन। छोरीले आफ्नै ढङ्गले दुःख पाई भन्ने बाबुआमाको बुझाइ थियो। १५ र १३ वर्षका दुईजना छोरा भए पनि उनीहरू आमालाई न्याय दिलाउन सक्ने भइसकेका थिएनन्।
गाउँकै साहुसँग रु ४५ हजार ऋण काढेर उनी २०६५ साल असारमा भारतको मुम्बईबाट कुवेत पुगिन्। त्यो पनि निक्कै कष्टका साथ। तर उनको पैसा कमाउने सपना पानीको फोका झैँ बन्यो।
केटाकेटी स्याहार्ने कामका लागि कुवेत पुगेकी दुर्गा भन्छिन्, ‘२२ दिन बसेँ, काम सजिलै थियो, तर पैसाको अनुहार देख्न पाइएन। खान पेटभरि पाइनँ। भाषा नबुझेपछि जहिल्यै गाली गरेजस्तो मात्र लाग्यो।’ बिहानले दिनभरको सङ्केत दिन्छ भने झैँ दुर्गाले कुवेतमा पैसा कमाउने आशा मारिन् र आफ्नै देशमा पाखुरा बजार्ने दृढ सङ्कल्प गगरिन्। तर अमिरको घरबाट निस्केर हिँड्न झनै गाह्रो थियो। बजार जाने बहाना बनाएर उनी आफ्नो झिटीझाम्टी सबै छोडेर नेपाल फर्किइन, मात्र एकसरो लुगामा, त्यो पनि कहिल्यै पेटभरि खान नपाई।
दुर्गा त प्रतिनिधि पात्र मात्र हुन। दुर्गाजस्ता धेरै नेपाली महलिा गरिबी, घरेलु हिंसा र पारिवारिक अपमान लुकाउन वैदेशिक रोजगारमा जाने गरेका छन्। तर सीप, तालिम र भाषाको ज्ञान नहुँदा झनै ठूलो पीडाको भारी बोकेर स्वदेश फर्किरहेका छन् उनीहरू।
विसं २०६६ साल साउनमा मोरङको केरौन–६ की कल्पना ओझा पनि झोलाभरि पैसा बोकेर आउने सपना लिएर लेबनान गइन्। तीन महिनामा एक रुपैयाँ पनि कमाई नभएपछि कल्पनाको सपना तासको महल झैँ ढल्यो। साहुले रोगी र काम गर्न नसक्ने भन्दै निकालिदियो।
त्यसपछि अर्को घरमा सरेको बताउँदै कल्पना थप्छिन्, ‘मलाई रक्तस्राव भयो । २८ दिनसम्म उपचार पनि गरायो। निको भएपछि उसले पनि घरमा नराख्ने भयो।’ अर्काको देश, न भाषा बुझ्नु, न भेषमा मिल्नु, वैदेशिक रोजगार नै घाँडो भयो कल्पनालाई।
स्वदेश फर्कन पाए गिट्टी कुटेर खाने हिम्मत पलायो उनमा। खाडी राष्ट्रमा भारतीय बाटो गरेर अवैधरुपमा पुगेका महिलालाई घर फर्कने कानुनी प्रक्रिया अप्ठ्यारो छ। उनी १८ दिनसम्म जसले लगेको हो उसैको त्यहाँको सम्पर्क कार्यालयमा बसिन् पाउरोटी र पानीको भरमा। कार्यालयमा धेरै जिद्दी गरेपछि उहाँ नेपाल त फर्किइन् तर झनै ठूलो ऋण बोकेर। नेपाल फर्किंदा उनलाई रु एक लाख रुपैयाँ ऋण लागिसकेको थियो। रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












