महोत्तरीमा ठेउला र दादुराको प्रकोप सुरु
गौशाला, २१ वैशाख । महोत्तरी जिल्लाका विभिन्न गाउँ ठाउँमा चर्को घामसँगै असहनीय गर्मीको कारण ठेउला र दादुरा रोगको प्रकोप सुरु भएको छ ।
जिल्लामा बदलिँदो मौसमले ल्याएको हावाहुरी र प्रचण्ड घामका कारण हावापानी दूषित भई विभिन्न नगरपालिका तथा गाउँपालिकामा ठेउला र दादुराका रोगी फेला पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
ठेउला र दादुरा रोग विशेषगरी स–साना बालबालिकामा देखापरेका छन् भने युवायुवती, वयस्क तथा बूढापाका समेतमा यस रोगका लक्षण देखापरेको जिल्ला अस्पताल जलेश्वरका वरिष्ठ मेडिकल अधिकृत द्वारिकाप्रसाद साहले बताउनुभयो ।
सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पताल तथा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकास्थित स्वास्थ्य र उपस्वास्थ्य चौकीमा अहिले ठेउला र दादुराका रोगी आउने क्रम बढेको डा साहले बताउनुभयो । जिल्लाका तीन नगरपालिका – जलेश्वर, गौशाला, बर्दिबाससहित गाउँपालिका लोहारपट्टी, भङ्गहा, सम्सी, सोनमा, मटिहानी, महोत्तरी, एकडारा, औरही, बलवा, रामगोपालपुर, मनरालगायत जिल्लाका १२ वटै गाउँपालिका विभिन्न गाउँठाउँमा ठेउला र दादुरा रोगको प्रकोप देखिएको चिकित्सक बताउँछन् ।
महोत्तरीका धेरैजसो गाउँठाउँमा ठेउला र दादुरालाई देवीको रुप भनेर यसको इलाज उपचार गराउँदैनन् भने यो रोग रहुन्जेल घरका मानिसले तेल नखाने, नलगाउने र तेलमा भुटेका खानेकुरा नखाने चलन रहेको छ ।
ठेउला र दादुरा लागेका बालबालिका तथा अन्य व्यक्तिलाई कतै कतै त देवीदेवता मानेर दैनिक धूप, आरती र पूजाआजासमेत गर्ने गरेको देखिन्छ । सरसफाइको अभावमा विशेषगरी गरिब परिवारमा हुने ठेउला र दादुरा रोगले महोत्तरीमा प्रत्येक वर्षझँै यस वर्ष पनि गरिब दलित बस्तीका हरेक घरपरिवारलाई बिस्तारै छुँदै गइरहेको चिकित्सकको भनाइ छ ।
जिल्लाको ग्रामीण बस्तीमा प्रायः जसो ठेउला र दादुरा रोगका रोगीलाई उपचार गराउने चलन छैन भने एक हप्तापछि आफैँ निको हुने विश्वास गरिन्छ । तर सरुवा रोग हुनाले एकपछि अर्को व्यक्तिमा सर्दै गइरहेको देखिएको जिल्ला अस्पताल जलेश्वरका स्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












