अपाङ्गता भएकाका लागि वरदान बन्दै करुणा फाउन्डेसन
इलाम, २१ वैशाख । इलाम जिल्लाको साबिक आमचोक–४, हाल फाकफोकथुम–३ की टीकामाया पाण्डेको सानो छँदा आगोले खुट्टा पोलेपछि हिँड्डुल गर्न कठिन भयो । ११ वर्षीया पाण्डे खुट्टा खोज्याउँदै विद्यालय जाने, घरबाहिरको काम गर्नुपर्ने बाध्यतामा थिइन् ।
सानो कद, त्यहीमाथि खुट्टाको भर नहुँदा उनलाई घरको त के कुरा, विद्यालय जान आउन पनि समस्या थियो । तर एचआरडिसी, बनेपा गएर दुई साताको लामो बसाइपछि कृत्रिम खुट्टा लगाएर फर्किएपछि अहिले उनलाई बाहिर–भित्र गर्न, विद्यालय आउजाउ गर्न र घरको काममा धेरै सहज भएको छ । “खुट्टा लगाएपछि हिँड्डुल गर्न धेरै सजिलो भएको छ”, टीका भन्छिन् । आमचोककै १५ वर्षीय प्रवीन बराइली पनि पाँच महिनाको हुँदा उनको दाहिने खुट्टामा आगोले पोलेर अपाङ्गता भएको थियो ।
सानै उमेरमा आगोले खुट्टा पोलेपछि उनको बाँकी जीवन कष्टकर बन्दै गएको थियो । तत्काल परिवारले उपचारमा विभिन्न स्थानमा लगे । तर चिकित्सकले धेरै रकम खर्च लाग्ने बताएपछि उनको जीवनमा थप पीडा थपियो । उपचार गरौँ भने पैसा छैन, नगरौँ भने छोराको भविष्य अन्धकार, परिवारलाई थप चिन्तित बनायो । आर्थिक अवस्था कमजोर भएकाले परिवारले ठूलो अस्पतालमा लैजान सकेनन् । यसरी विविध कारणले शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि करुणा फाउन्डेसन नेपालले सञ्चालन गरेको अपाङ्गता पहिचान शिविर वरदान साबित भयो ।
अपाङ्गता पहिचान शिविरमा आएका प्रवीन र टीकालाई उपचारका लागि एचआरडिसी बनेपा लगियो । बनेपाबाट कृत्रिम खुट्टा लगाएर दुवै फर्किए । यी दुई उदाहरण मात्रै हुन् । पछिल्लो तीन वर्षमा यस्तै पीडा भोग्दै गरेका इलामका पाँचसय १५ जना अपाङ्गता भएका बिरामीले फाउन्डेशनको सहयोगमा उपचार पाएका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएर बसेका विभिन्न प्रकृतिका बिरामीको करुणा फाउण्डेसनले उपचार गराएको हो । उपचार पाएपछि उनीहरूको दैनिकी पहिलेको तुलनामा सहज बनेको छ ।
उपचार पाउनेमध्ये २५ जना गम्भीर प्रकृतिका बिरामी थिए । कतिपयको टाउकाको शल्यक्रिया, स्पाइनल कर्ड ९मेरुदण्ड० को उपचार, कतिपयको हात तथा खुट्टाको पटक÷पटक शल्यक्रिया गरिएको करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनले जानकारी दिए ।
“एउटै बिरामीलाई छ÷सात महिना आइसियुमा राखेर उपचार गराएका छौँ”, उहाँले भन्नुभयो, “सामान्यदेखि जटिल समस्या भएका धेरै अपाङ्गता भएका व्यक्तिले निःशुल्क उपचार पाएका छन् ।” करुणा फाउन्डेसनले हालसम्ममा पाँचसय ५० भन्दा धेरैको उपचार गरिसकेको जनाएको छ ।
अपाङ्ता भएका व्यक्तिको पुनःस्थापना र रोकथामका लागि इलाममा सञ्चालित परियोजनाअन्तर्गत तीनसय ८७ जनालाई सहायक सामग्रीसमेत वितरण गरिएको छ ।
सुरुमा जिल्लाका १२ गाविसमा सञ्चालित उक्त परियोजना अघिल्लो वर्ष १५ र यो वर्ष जिल्लाव्यापीरूपमा सञ्चालन गरिने समेत व्यवस्थापक योञ्जनले बताए । कार्यक्रमअन्तर्गत एउटै गाविसमा उपचारका लागि मात्रै रु एक लाख २० हजारसम्म रकम विनियोजन भएको छ भने जिल्लामा उपचार गराउन नसक्नेलाई केन्द्रीय तहबाट पनि निरन्तर उपचार गरिरहेको फाउन्डेसनले जनाएको छ । एउटै गाविसमा पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रममा करिब रु ३० देखि ३५ लाखसम्म खर्चिने योञ्जनले बताए।
अपाङ्गता भएका व्यक्तिको सङ्ख्या, अवस्था, भौतिक संरचनाको आवश्यकताका आधारमा रकम फरक पर्ने गरेको छ । अपाङ्ता भएका व्यक्तिको हेरचाह र पुनःस्थापनामा गाविसले समेत लगानी गरेको छ ।
तीन वर्षसम्म परियोजनाले आर्थिक साझेदारी गर्नेछ । बाँकी दुई वर्ष प्राविधिक सहयोग मात्र रहने करुणा फाउन्डेसनले जनाएको छ । अपाङ्ता भएका बच्चाको जन्मदर घटाउन मोबाइलबाट गर्भवती महिलाको दर्ता, पोषण, गाउँ गाउँमा फिजियोथेरापी सेवा, स्वास्थ्य शिविर नियमितरूपमा सञ्चालन गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...












