माछाको दुर्गन्धले हैजाको महामारी हुने खतरा
वीरगन्ज, २५ वैशाख । स्थानीय मीना बजारको कम्प्लेक्समा व्यापारीले सढे गलेको माछा बिक्री गर्ने गरेकाले छेउछाउका वातावरण दुर्गन्धित हुनाका साथै हैजाको महामारी फैलिने आशंका बढेको छ ।
वीरगन्ज उपमहानगरपालिकाले सो कम्प्लेक्स ठेक्कामा लगाए पनि आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएकाले माछाको दुर्गन्ध फैलिँदा नजिकै रहेको सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयवासीलाई समेत असर परेको छ ।
भारतको आन्द्र प्रदेशबाट एकसाताको बाटो तय गरी वीरगन्ज भन्सार नाकाबाट भित्रिने यस्ता दुर्गन्धित माछा पशु क्वारेन्टन चेक पोस्टका कर्मचारीहरु आर्थिक लाभमा परी इजाजत दिने गरेकाले उपभोक्ताहरु अस्वस्थकर माछा खान बाध्य भएका हुन् । यस्ता सडेगलेको र दुर्गन्धित माछा बिक्री गर्ने काम समयमा नरोकिए हैजा फैलिने सम्भावना बढेर जाने स्थानीयवासी शङ्कर खतिवडा बताउनुहुन्छ ।
दैनिक १५ देखि २० क्विन्टलसम्म माछा भारतबाट नेपाल भित्रिने तथा उक्त माछा ताजा राख्न व्यापारीले बरफ र घातक रसायन प्रयोग गर्ने भएकाले यसको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै आइरहेको अर्का स्थानीयवासी राजु खड्गीको भनाइ छ ।
नगरपालिकाले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक नगरेकाले आमनागरिक दुर्गन्धको सिकार भएका छन् । माछाको दुर्गन्धले सरकारी कर्मचारी तथा स्थानीयवासी प्रभावित भएको बारे जिज्ञासा राख्दा वीरगन्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत पीताम्बर अधिकारी भन्नुहुन्छ “माछा गन्हाउँछ भने मैले के गर्ने ?”
विक्कीप्रसाद गुप्ताले ठेक्का लिएको सो कम्प्लेक्सभित्र माछा बजारलाई व्यवस्थित नगर्दा बजार दुर्गन्धित भएकोबारे प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेसँग जिज्ञासा राख्दा उहाँले माछा व्यापारी र नगरपालिकाका कर्मचारीलाई बोलाएर छलफल गरी माछा बजार व्यवस्थित गर्न निर्देशन दिइसकेको बताउनुहुन्छ ।
अत्यधिक गर्मीका कारण व्यापारीले ल्याउने सढेगलेका माछा, मासु पसलबाट निस्कने फोहर पानीले वातावरण दुर्गन्धित पार्ने भएकाले सोको व्यवस्थापन समयमा नगरिए आउँदा दिनमा वीरगन्जमा हैजाको महामारी फैलन सक्ने चिकित्सकको भनाइे छ । रासस
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












