नेपाली साहित्यिक कृति संख्या धेरै,गहिराई कम : पुजा पराजुली,साहित्यकार (अन्तवार्ता )

नेपाली साहित्यमा दिन दुई गुना र रात चार गुनाका दरले नयाँनयाँ प्रतिभाहरुको आगमन भईरहेको छ । पछिल्लो समय साहित्यतर्फ युवाको आकर्षण बढेको देखिन्छ । युवाको पठनशैली फेरिँदै गएकाले लेखक पनि युवाको मनोकांक्षा र रूचिलाई खोतल्न थालेका छन् । साहित्यको पछिल्लो परिवेशलाई नियाल्दा युवा पुस्ताले मन पराउने लेखक पनि प्रायः युवा नै भेटिन्छन् । आफूलाई राम्रो लेखक भनेर बजारमा तहल्का पिट्दै हिँड्ने लेखकहरू पनि नभएका होइनन् । आफ्नो लेखन शैली स्तरीय होस् या नहोस् जर्बजस्ती पुस्तक निकाल्न तम्सिने प्रवृत्तिले गर्दा नेपाली साहित्य कमजोर बन्दै गएको मान्ने वर्ग पनि छन् ।
नयाँ पुस्ताको ध्यान साहित्यमा तान्नका लागि लेखकहरूले चर्को प्रचारबाजी पनि गरेका छन् । तर, लेखनशैली स्तरीय छैन भने जति प्रचार गरे पनि लेखकलाई लामो समय साहित्यमा टिक्न कठिन हुन्छ । साहित्यमा नयाँ-नयाँ प्रतिभाहरुको विशेष चर्चापरिचर्चा भइरहँदा यसै क्रममा उदाएकी एक प्रतिभाशाली नारी हस्ताक्षर हन् पुजा पराजुली । २०५० साल साउन २१ गते ४ गते कास्की जिल्लाको भदौरे तमागीमा पिता बद्रीनाथ पराजुली र माता पार्वती पराजुलीको कोखबाट जन्मिएकी पराजुलीले दर्जनौं साहित्यिक रचनाहरु रचेकी छन् । सानैदेखि साहित्यमा गहिरो रुचि भएकै कारण उनले अहिले साहित्य लेखनलाई अघि बढाई रहेकी छन् । उनका रचनाहरुमा समाजको यथार्थपन पाइन्छ । काल्पनिकता पाइन्छ । प्रायः प्रेम र नारीको विषयमा लेख्न रुचाउने पराजुलीका रचनाहरु थुप्रै पत्रपत्रिकामा प्रकाशित भएका छन् । छिट्टै कविता संग्रह र उपन्यास लेखनको तयारीमा लागेकी नव साहित्यकार पराजुलीसँग न्युज–नेपाल का पत्रकार रमेश दवाडीले गरेको कुराकानी :
साहित्यमा रुचि लाग्नुको कारण के हो ?
सानो छँदा हिमाल, नेपाल, लालीगुराँस आदि आदि शीर्षकमा कविता लेख्ने गर्थें । स्कूल पढ्दा भ्रष्टाचारविरुद्धको कार्यक्रममा भ्रष्टाचार सम्बन्धी कविता बनाएर सुनाएँ । सबैले एकदम राम्रो छ भने । त्यसले पनि मलाई हौसला प्रदान ग¥यो । अनि त्यसपछि झन कविता लेख्दै गएँ । सुनाउँदै गएँ । त्यसैले पनि मलाई साहित्यप्रति रुचि बढ्दै गयो ।
कति वर्षदेखि साहित्य लेखन थाल्नुभयो ?
८, ९ वर्षदेखि नै कविता लेख्ने गर्थें । तर,मलाई त्यतिखेर साहित्य भनेको के हो थाहा थिएन । डायरीमा लेख्थें । घरका सदस्यलाई सुनाउनें ।
अहिलेसम्म कतिवटा साहित्य सिर्जना गर्नुभयो,याद छ ?
ठ्याक्कै याद छैन् ।
पहिलो रचना याद छ के लेख्नु भएको थियो ?
मैले माथि नै भनिसकेकी छु । भ्रष्टाचारविरुद्धको कार्यक्रममा भ्रष्टाचार सम्बन्धी कविता नै लेखेकी थिएँ ।
कविताको केही अंश :
पुग्यो अब घर जग्गा पुग्यो ।
पैसा पनि पुग्यो ।
पैसाले नै भरियो पानी टयाङ्की पनि !
भने जस्तै भयो, सबै जग्गाजमिन घर भएपछि,
अहिले अख्तियरले समाउछ कि भन्ने लाग्न थाल्यो डर ।
तपाईंलाई सबभन्दा बढी के लेख्न मन लाग्छ , कविता, गजल वा कथाा ?
मैले सुरुमा गजल मात्रै लेखें । अहिले चैं कविता, गजल र कथा सबै लेख्दै आइरहेकी छु ।
उसो भए तपाईं कवयत्री कि, गजलकार कि कथाकार के भन्ने ?
हाहाहा…(लामो हाँसो) । म एक साहित्यप्रति रुचि भएको मान्छे हुँ । अहिलेसम्म यो नै हुँ भनेर चिनीएकी छैन ।
कस्ता साहित्य सिर्जना गर्न मन लाग्छ, यथार्थ वा काल्पनिक ?
म प्रायः यथार्थतामा आधारित भएर लेख्ने गर्छु । तर,कल्पनामा डुबुल्की मार्दाको आनन्द भने छुट्टै हुन्छ ।
साहित्यलाई पछिसम्म निरन्तरता दिने सोच हो ?
कपाल सेतै होस्,गाला चाउरीएको किन नहोस् अनि कमजोर आँखामा चश्मा किन नहोस् ! भोलिका दिनहरुमा पनि अगाडी कापीको पाना र कलम हातमा हुन्छ जस्तो लाग्छ । त्यसो त म अझै साहित्य के हो ? जीवन के हो बुझ्दै छु । समय र परिस्थितिले साथ दिए पछि आत्मसन्तुष्टिको लागि पनि एउटा उपन्यास लेख्न मन छ ।

तपाईंले धेरै साहित्य सिर्जना गरिसक्नु भएको रहेछ । चर्चामा आउन नचाएको कि चर्चित नभएको ?
चर्चामा आउन नचाहेको हो । किनकी म जति लेख्छु त्यो डायरी मै लेख्छु । साथीहरुलाई सुनाउँछु । मैले आफूलाई चर्चित कवि, लेखक भनेर चिनाउन खोजेकी छैन । मैले राम्रा रचना कसरी लेख्ने भन्नेमा नै मेरो ध्यान केन्द्रित भएको छ । म जति लेख्छु आत्मसन्तुष्टिको लागि लेख्छु । मेरा रचना सुन्ने र पढ्नेहअरुले ‘राम्रो छ’ भन्नुहुन्छ खुसी लाग्छ ।
साहित्य यात्रालाई कसरी अघि बढाईरहनु भएको छ ?
नेपालमा रहुन्जेल त ठिकै थियो । तर,परदेशमा सबै ‘म्यानेज’ गर्न एकदमै गाह्रो हुने रहेछ । तर,पनि आफ्नो देश, माटो र भाषाले गर्दा साहित्यप्रति उत्साह जाग्ने रहेछ । यो उत्साहलाई निरन्तरता दिने प्रयासमा छु ।
हिजो र आजमा नेपाली साहित्यमा कस्ताकस्ता परिवर्तन आएका छन् ?
परिवर्तन धेरै भएको छ । राम्रा परिवर्तन पनि भएका छन् र नराम्रा पनि भएका छन् । नेपाली साहित्यको विकास त भएको छ । तर, विषयको मिठास र गहिराईमा पुगेर लेखिएका रचना भने कमै छन् ।
साहित्यमा राम्रा र नराम्रा परिवर्तनहरु छन् भन्नुभयो । राम्रा कस्ता परिवर्तन भए, नराम्रा के भए ?
पहिले साहित्यमा कमै मान्छेको मात्र रुचि हुन्थ्यो । अहिले धेरैको आकषर्ण बढेको देखिन्छ । युवाहरुको पनि चासो बढेको छ । एउटा साहित्यिक मानिस भन्ने वित्तिकै एउटा हातमा कलम,अर्को हातमा चुरोट अनि रक्सी हुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पारिजात, भवानी भिक्षु, लेखनाथ पौड्याल लगायतका साहित्यकारहरुले लेखेका रचनाहरु युगौं युगसम्म बाँच्छन् । उनीहरुका शब्द चयनदेखि भाषिक शिल्पशैलीले पाठकलाई आकर्षित गर्छ । तर,अहिले एकाद साहित्यकार बाहेक अरुको सिर्जनामा भाषा, शब्द चयन र शैलीमा अलि बढी उशृङखल र हलुका लेखन बढी भएको मैले पाएकी छु । त्यसो त यहाँ धेरै रचना लेख्ने वित्तिकै आफूलाई साहित्यकार ठान्नेहरु धेरै छन् । समग्रमा भन्नुपर्दा नेपाली साहित्यमा कृति सङ्ख्या धेरै छन् । तर, विषय वस्तुको गहिरार्इसम्म पुगेर लेखिएका कृति भने कम छन् । सिर्जना खहरे झै बनेका छन् । जुन आउँछन्-जान्छन् । त्यसले खासै महत्व राख्दैन ।
लेख्नुभन्दा पहिले अध्ययन–अनुसन्धान जरुरी हुन्छ । तपाईं कत्तिको अध्ययनशिल हुनुहुन्छ ?
आफूले लेख्ने विषयमा गहिरो ज्ञान हुनुपर्छ । विषयवस्तु बुझेको हुनुपर्छ । नत्र लेख्न सकिदैन । म पुस्तकहरु अध्ययन गर्छु । हर विषयलाई सुक्ष्म रुपमा अध्ययन गर्ने कोसिस गरेकी छु ।
प्रवासमा कस्तो छ साहित्यको माहोल ?
प्रवासमा साहित्यको माहोल राम्रो छ । विदेशमा बस्ने नेपालीहरुले आफ्नो देश सम्झेर साहित्यिक रचना गर्छन् । अहिले त झन चर्चित लेखकहरुको उपन्यासहरु ईन्टरनेटमा पढ्न पाईन्छ । प्रविधिको माध्यमका कारण पनि प्रवासीहरुले साहित्यप्रति चासो देखाएको देखिन्छ । प्रविधिको परिवर्तनले साहित्यलाई सहज बनाएको छ । गजल, मुक्तक, कथा, कविता आदि लेख्ने गरेको देखिन्छ ।
अबको साहित्यिक योजना के छ ?
खासै केही छैन । प्रवासमा भएकी हुनाले समयको पनि अभाव छ । काम गर्नुपर्छ । तै पनि केही समय छुट्याएर साहित्यमा लागेकी छु ।
यो पनि पढ्नुहोस् ।
http://news-nepal.com/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE-%E0%A4%AF%E0%A4%BE%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE/
Comments
अरु समाचार
-
Shaping Tomorrow’s Media: Jonathan Ranger Highlights Lessons from China–Nepal Academic Exchange
In this special feature, Editor-in-Chief Sajib Kalakheti sits down with Mr. Jonathan Ranger, a journalism student who recently participated in...
-
एमाले सचिव योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेकाे लिखित प्रस्तावकाे पूर्णपाठ !
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी र देश गम्भीर संकटमा फसेको निष्कर्षसहित केन्द्रीय कमिटी बैठकमा लिखित धारणा पेश...
-
Nepal-China relations built on trust and peaceful coexistence, says Consul General Niroula
Lhasa, Tibet: On the auspicious occasion marking the 70th anniversary of the establishment of diplomatic relations between Nepal and the...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...












